रामेछाप । मार्च महिना देखि शुरु भएको पर्यटकिय सिजनमा रामेछापबाट लुक्लाका लागि झण्डै १ हजार २ सय उडान भएका छन् । 

मार्च देखि मे महिना सम्मलाई दोश्रो पर्यटकिय सिजनको रुपमा लिने गरिन्छ । बसन्तु ऋतुमा सगरमाथा शिखर चढने र सगरमाथा आधारशिविर पुगेर फर्कने पर्यटकहरु खचाखच हुने भएकाले रामेछापबाट लुक्ला केन्द्रीत उडान हुदै आएका छन्् ।

नेपाल नागरिक उडड्यन प्राधिकरण अन्तरगतको रामेछाप विमानस्थल कार्यालयका प्रमुख हिरन शाहका अनुसार हेलिकप्टर र जहाज गरी कुल १ हजार १ सय ८६ वटा उडान रामेछापबाट भएका थिए । अव यो सिजनको अन्तिम केहि उडान आईतबारका लागि तय भएका छन् । तर मुख्य उडान तालिका भने मे १५ मै सकिएको शाहले वताए ।

रामेछाप विमानस्थलमा विमान रात्रिकालिन पार्किङमा राखेर नीजि क्षेत्रका सीता, तारा र समिट एयरले लुक्ला केन्द्रित उडान गरेका थिए । जहाजलाई लुक्लाको मौसम अनुकुुल नभएका बेला पर्यटकहरुले बाक्लै हेलिकप्टरको यात्रा पनि यो अवधिमा गरेका थिए ।

शाहका अनुसार जहाज र हेलिकप्टरको उडानहरुमा रामेछापबाट करिव १३ हजार यात्रु लुक्ला गएका र लुक्ला बाट रामेछाप तर्फ १० हजार ६ सय यात्रु फर्केको तथ्याङ रहेको छ । पछिल्लो चरणमा लुक्लाबाट फर्कने यात्रुहरु लुक्ला–बाट सिधै काठमाडौं गएकाले जाने भन्दा आउने यात्रुको संख्या न्यून भएको उनले वताए । यात्रुको चाप कम हुन थालेपछि निजी क्षेत्रका बायुयानहरुले रामेछापबाट हुने उडान रोकेर काठमाडौं बाट सिधै लुक्लाको उडान गर्ने गरेका छन् ।