विमा सुविधामा चस्मा नपाउदा आँखाका विरामी मर्कामा
6 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – नेपाल सरकारको स्वास्थ्य विमा बोर्डमा आँखाका रोगीहरुले चस्मा वापतको विमा दावि भुक्तानी लिन सक्ने कुरा उल्लेख भएपनि रामेछापका आँखाका विरामीहरुले गएको एक बर्ष देखि विमा सुविधा मार्फत चस्मा पाएका छैनन् । आँखाका लागि चस्मा चाहिनेले खरिदनै गर्नुपर्ने बाध्यता छ ।
त्यस अघी स्वास्थ्य विमा गरेका विरामीलाई विमा सुविधा बाट चस्मा दिदै आएको रामेछाप सामुदायिक आँखा केन्द्रले गएको भदौ देखि उक्त सुविधा कटौटी गरेको हो । तिलगंगा आँखा प्रतिष्ठान अन्तरगतको उक्त केन्द्रले माथिल्लो निकायको आदेशले विमा सुविधाको चस्मा दिन नसकेको जनाएको छ । रामेछाप सामुदायिक आँखा केन्द्र मन्थली, मन्थली अस्पताल, खाँडादेवि गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, रामेछाप अस्पताल र सिन्धुलीको गोलञ्जोरमा आँखाको उपचारमा तिलगंगा अन्तरगतको उक्त केन्द्र सक्रिय छ ।
रामेछाप जिल्लामा बर्षौ अघी देखि आँखाको उपचारमा सक्रिय रहेको उक्त केन्द्रमा आउने विरामीलाई विमा सुविधामा चस्मा दिएर मासिक झण्डै १ लाख रुपैयाँ विमाको भुक्तानी दावि गर्दै आएको उक्त केन्द्रमा चस्मा वितारण सेवा वन्द हुदाँ विरामीले हैरानी दिने गरेका छन् । तर केन्द्रका स्वास्थ्यकर्मी बरु विरामी सँग सुविधा नभएको कुरामा केहि बेर भनाभन समेत गर्न बाध्य छन्, तर चस्मा दिन सक्दैनन् ।
चस्मा किन्नुपर्ने कुरा भनेपछि कतिपय विरामीहरु त्यसै हिड्ने गरेका छन् । उमेर र आँखाको समस्याका कारण चस्मा लगाउनै पर्ने विरामीले समेत विमाको सुविधा नभएकै कारण चस्मा नकिनी हिड्ने गरेकाले आँखामा थप समस्या हुन सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीहरु वताउछन् । लगाउनै पर्ने विरामीले समेत चस्मा किन्न नसकेर त्यसै फर्किएका थुप्रै उदाहरण छन् ।
‘सरकारले विमा सुविधामा चस्मा दिन्छु भन्दा पनि हामीले पाउदैनाैं ’ सालुका खड्गवहादुर थापामगरले भने – उनीहरुका आन्तरिक कुरा हामी जान्दैनौं, सरकारले दिन्छु भनेको कुरा कसरी हुन्छ हामीेले पाउनुपर्छ ।
तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ट अधिकृत हरी कार्की सरकारले चस्मालाई भ्याटको कारोवार हुनेमा वस्तुमा समावेश गरेपछि आँखाका रोगीहरुलाई चस्मा दिन नसक्ने समस्या श्रृजिएको वताएका छन् । तिलगंगा आँखा केन्द्र भ्याटमा नभएकाले अर्कै संस्था खडा गरी चस्माको व्यवसाय हुदै गरेको तर उक्त संस्था राष्ट्रिय विमा वोर्डमा सूचिकृत नभएकाले चस्मा विमाबाट दिन नसकेको कार्कीले वताए । उनले चस्माको उत्पादन गर्ने व्यवसायीले भ्याटमा जाने कि सेवा प्रयायक स्वँस्थ्य संस्थाले समेत भ्याटमा जानुपर्ने कुराको बारेमा बहस भइरहेको वताए । ‘यदि सेवा प्रदायक स्वास्थ्य संस्था भ्याटमा जानु नपर्ने कुरा आउदो बजेट तथा कार्यक्रममा समावेश भएर आयो भने हामी फेरी विमा सुविधा बाट चस्मा दिन सक्ने अवस्थामा हुन्छौं ’ कार्कीले भने – नत्र किन्नैपर्छ ।
मेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश लोप्चन पनि केन्द्रमा आउने विरामीले चस्मा खोजेर झगडा गर्न खोज्ने वताउछन् । ‘हामी दिन सकिदैन भन्छौं, सुविधा छैन भन्छौं, तर विरामीहरु पहिले पाएको सुविधा अनि सरकारले दिएको सुविधा तिमरु रोक्ने भनेर हामीलाईनै आईलाग्नुहुन्छ’ लोप्चन भन्छन् – वास्तवमा यो समस्याकै रुपमा हामीले लिएका छौं । उनका अनुसार नेपालमा चस्मा लगाउनु पर्ने आँखाको रोगीहरुको संख्या उल्लेख्य रहेका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
