रामेछाप । नेकपा एमाले बागमति प्रदेश समितिका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले सानो तिनो छोईछिट्टाले वर्तमान गठवन्धन सरकार केहि नहुने वताएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमाले दुवै दल मुलुकको परिवर्तनका लागि सग सगैं लडेको भन्दै वर्तमान संविधानको रक्षा र कार्यान्वयनका लागि प्रतिबद्ध रहेको ढुङ्गेलले वताए । उनले वर्तमान सत्ता गठवन्धन आगामी निर्वाचन सम्म कायम रहने दावि गरे ।
प्रेस चौतारी नेपाल रामेछापले बुधबार विहान रामेछापको मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष ढुङ्गेलले राजावादीहरुले गरेको राजा फर्काउने आन्दोलनको कुनै तुक नभएको बताए । मुलुक विगतमा भन्दा धेरै अघी बढेको भन्दै फेरी त्यहि कालो दिन फर्काउन सकिन्छ कि भनेर कल्पना सम्म गर्न नसकिने वताए । ‘काँग्रेस र एमालेले मुलुकमा राजनीतिक परिवर्तनका लागि सडकमा धेरै सङ्घर्ष गरे ’ ढुङ्गेलले भने – तर सडकका स्याउ सुन्तला लुटेनन् ।
मुलुकमा विकास निर्माण लगाएत धेरै परिवर्तन भएको भन्दै त्यसका लागि काँग्रेस र एमाललेनै अगु्वाई गरेको उल्लेख गरे । व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भनेर हल्ला पिटाउनेहरुको पछि कुनै सत्यता नभएको वताए । तराईको नुन हिमाल, नदीमा पुलै पुल, जताततै कालोपत्र सडक, विद्यालय, अस्पताल र पूर्वाधारहरुको विकास त्यसका प्रमाण रहेको ढुङ्गेलले उल्लेख गरे ।
