+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पार्टीको क्रियासिलता कमजोर भयो – सिटौला

7 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको क्रियासिल सदस्यता नविकरणमा पार्टीका कार्यकर्ताहरुको क्रियासिलता कमजोर भएको वताएका छन् ।

‘पार्टीले साविकमा रहेका क्रियासिल सदस्यहरुलाई कसैलाई पनि नछुटाई नविकरण गर्ने मौका दिनु पर्छ ’ सिटौलाले भने – मन लागेकोलाई दिने, मन नलागेकोलाई नदिने पाईदैन् । एकजना कार्यकर्ता बनाउनका लागि बर्षाै लाग्ने भएकाले पुराना क्रियासिल सदस्यहरुको सदस्यता नविकरण गरिसकेर मात्र नयाँ सदस्यता वितरण गर्नुपर्नेमा नेता सिटौलाले जोड दिए ।
रामेछापको मन्थलीमा बुधबार विहान नेपाली काँग्रेसका कार्यकर्ताहरु संग भेटघाटका क्रममा नेता सिटौलाले पार्टी सदस्यताको नविकरण र वितरणको लागि पार्टीमा सामुहिक प्रयास हुनुपर्नेमा जोड दिए । पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामुहिक प्रयासबाट सो काम हुनु पर्ने वताए । क्रियासिल नटुङ्ग्याएर नयाँ सदस्यता वितरण गर्दा भोलीका दिन समस्या हुने भएकाले त्यस कार्यमा ध्यान दिन कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

पार्टी एकताबद्ध भएर अघी बढनु पर्ने बेला रहेको वताउदै सिटौलाले भने – हाम्रो एकातालेनै अरुलाई पनि राष्ट्रिय एकतामा ल्याउन सकिन्छ । अव पुरानो सैली भन्दा पनि नयाँ शैलीका साथ पार्टीको संगठनमा जुट्नु पर्ने बेला भएको पनि उनले वताए । ‘हामीनै विभाजित भयौं भने राष्ट्रिय एकतामा हाम्रो नेतृत्वदायि भूमिका हराउछ’ सिटौलाले वताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएकाले प्रमुख राजनीतिक शक्ति एमाले संग वर्तमान सरकार बनाउन गठबन्धन गरेको उल्लेख गर्दै नेता सिटौलाले काँग्रेसका कारण अहिलेको गठवन्धन सरकारमा कुनै समस्या नहुने वताए । ‘हामी सानो तिनो समस्याबाट अहिलेको सत्ता गठवन्धनबाट भाग्ने छैनौं,’ सिटौलाले भने – वाहिर भएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा काँग्रेसको ध्यान गएको छैन् । ‘हाम्रो तर्फबाट गठवन्धनमा कुनै धोका हुदैन, अर्को पक्षबाट हुने कुरा हाम्रो बसमा छैन’् सिटौलाले भने – दुईवटा पार्टीको सरकार रहेकाले अलि अलि समस्या त हुन्छनै त्यसलाई शिर्ष नेताहरु बसेर मिलाउदै जानुहुन्छ । मिल्छ ।

मुलुकमा २०४६ को परिवर्तन पछि धेरै कुरामा विकास भएको उल्लेख गर्दै सिटौलाले केहि भएको छैन् भनेर भाष्य बनाउने कुरा स्वीकार गर्न नसकिने उल्लेख गरे । सडक, विद्यालय र कलेज, अस्पताल जस्ता पूर्वाधारहरुमा उल्लेखनिय परिवर्तन भएको बताउदै उनले भने – काँग्रेसले त्यस्तो भाष्य निर्माण गर्ने पक्षको दाविलाई चिर्न सक्नुपर्छ ।

नेपाल जहिल्यै पनि आतंङ्कबादको विरोधमा रहने भन्दै सिटौलाले बुधबार विहानै देखि भारत र पाकिस्तानका विच बढेको तनाव प्रति दुख्ख व्यक्त गरे । भारत र पाकिस्तान विचको लडाईले नेपाललाई व्यवसायीक क्षेत्रमा धेरै चुनौतिहरु आउन सक्ने तर्फ उनले संकेत गरे ।

यसैबिच नेपाली काँग्रेस रामेछाप नगरपालिकाको दोश्रो नगर सम्मेलनको उद्घाटन गर्दै नेता सिटौलाले काँग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएकाले कार्यकर्ताहरुले बजारमा चल्ने हल्लाको भरमा विचलित नहुन आग्रह गरे ।

नेपाली काँग्रेस रामेछाप नगर समितिका सभापति कमलविक्रम कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, कार्यबाहक जिल्ला सभापति लेखवहादुर कार्की, निवर्तमान जिल्ला सभापति लबश्री न्यौपाने, महासमिति सदस्य रत्न कार्की, जिल्ला सचिव दिपक खड्का, प्रबक्ता कुमार श्रेष्ठ, प्रदेश सभापति राजेश श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की लगाएतले समसामयिक राजनीतिक विषयमा आ आफ्ना धारणा राखेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले