रामेछाप । रामेछाप विमानस्थललाई विस्तार गरी पूर्वि पहाडि जिल्लामा रहेका साना विमानस्थलमा क्षेत्रीय उडान गर्ने योजना गर्ने योजना अलपत्र परेको छ ।
सरकारले केहि बर्ष अघी रामेछाप विमानस्थल विस्तारको कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमलाई खुम्च्याएर विमानस्थल वित्रको धावन मात्र र पार्किङस्थल मात्र विस्तार गरीएको थियो । स्थानीयले तार बार भित्रको विस्तार भन्दा पनि उत्तर दक्षिण क्षेत्रको विस्तार आवश्यक ठानेका थिए ।
विमानस्थल सानो भएकाले टुईन अटर भन्दा ठुलो विमान अवतरण गर्न सक्ने अवस्था छैन् । एटिआर विमान र सो सरहका अन्य विमानहरु अवतरण गर्न सक्ने लम्बाई बनाउन सक्दा रामेछापबाट साना विमानले पूर्वि क्षेत्रका लुक्ला, फाप्लु, सुकेटार, खानीडाडाँ, ईलाम, तुम्लिङटार जस्ता विमानस्थलमा यात्रु ओसार्न सक्ने भएकाले रामेछापलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्नुपर्ने जनप्रतिनिधिहरुको जोड रहेको छ ।
केहि बर्ष अघीदेखि रामेछाप विमानस्थलमानै जहाज पार्किङ गरेर लुक्ला विमानस्थल तर्फ यात्रु लैजाने र ल्याउने कार्यमा सिजनल रुपमा विमानस्थल संचालन हुदै आएको छ । अन्य वेलामा रामेछाप विमानस्थल सुनसान हुन्छ । अव त्यसो हैन, सिजन भन्दा बाहेकको अवधिमा पनि रामेछाप विमानस्थलबाटै लुक्ला या पूर्वि क्षेत्रका विमानस्थल सम्मको उडान होस भन्ने हाम्रो चाहना हो, मन्थलीमा पूर्व गाविस अध्यक्ष ध्रुवकुमार कार्कीले वताए ।
चार बर्ष अघी निजी क्षेत्रको बुद्ध यएरले रामेछाप विमानस्थलबाट मुख्यतया लुक्ला र सुकेटार विमानस्थलमा उडान गर्ने गरी साना विमानको संचालनको योजना अघी सारेको थियो । सो योजनाका लागि विमानस्थल नजिकै जग्गा समेत किनेर अन्य संरचना निर्माण गर्ने तयारी गरीरहेको उक्त एयरले पनि साना विमान ल्याउने आफ्नो योजना रोकेको जनाइएको छ ।
काठमाडौं विमानस्थलमा विमानको चाप धेरै भएकाले अवतरण र उडानमा समस्या झेल्नु परेको समस्यालाई कम गर्न पूर्वि क्षेत्र र पश्चिम क्षेत्रमा दुई विमास्थललाई क्षेत्रीय विमानस्थलको रुपमा अघी लैजाने नेपाल नागरिक उडड्यन प्राधिकरणको योजना समेत अधुरै छ ।
यसैविच रामेछाप विमानस्थलमा झण्डै ४५ बर्ष पुरानो टर्मिनल भवन र अन्य संरचना जिर्ण भएका छन् । गत बर्ष नयाँ टर्मिनल भवनका लागि कार्यक्रम राखेको भएपनि उक्त कार्यक्रम काटेर अन्य जिल्लामा लगेकोले रामेछाप विमानस्थलको टर्मिनल निर्माण हुन सकेको छैन् ।
