मुस्ताङमा जलवायु संकट
7 महीना पहिले प्रकाशित
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जलवायु संकट देखा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण मुस्ताङमा खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु संकटले समस्या र चुनौतीहरू किसानले झेल्न बाध्य हुुनु परेको छ । जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापक्रममा हरेक बर्ष वृद्धि भइरहँदा मुस्ताङमा खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा नकारात्मक प्रभाव देखिन थालेको हो ।
घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको सुनाएका छन् ।
रपझोङ र वारागुङ मुक्तिक्षेत्रमा गैरसरकारी संस्था जिआइजेटले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी आधारभूत सर्वेक्षण गर्दै आएको छ । सो सर्वेक्षणका क्रममा भएको छलफल तथा अन्तरक्रियामा स्थानीयले जलवायु संकटले खानेपानी, कृषि र पशुपालन लगायत जैविक विविधतामा असर पु¥याउँदै गइरहेको वताएका छन् ।
घरपझोङस्थित जोमसोमबजारमा हिमस्रोत घट्दै जाँदा खानेपानीको चरम समस्या देखिएको छ । जोमसोममा विगतको तुलनामा घरधुरीको संख्या वृद्धि हुँदै गइरहेको, व्यावसायिक क्षेत्र परेको र सरकारी कार्यालयसमेत रहेकाले यहाँ खानेपानी उपयोग अत्यधिक हुने भए पनि पछिल्लो समय मुहान सुक्दै जाँदा प्रयाप्त खानेपानीको सेवा पु¥याउन नसक्ने अवस्था आई परेको छ ।
हिमाली क्षेत्रको मुख्य फलफूल बाली स्याउलगायत अन्य रैथाने बालीको व्यवस्थापन र मलजल गर्ने बेलामा हिउँ पर्न छाडेको र स्याउको फूल फुल्ने बेलामा निरन्तर वर्षा हुँदा यहाँ स्याउ लगायतका अन्नबालीमा उत्पादनमा नकरात्मक असर पर्न थालेको घरपझोङ—४ का किसान राजेन्द्र शेरचनले बताएका छन् ।
अनुकूल मौसममा हिउँ नपर्नु र बेमौसममा हिउँ पर्दा फलफूल बगैंचामा फुल्दै गरेका फूलहरु झर्ने तथा तापमान वृद्धिले स्याउलगायतका अन्नबालीमा विभिन्न रोगकिराको सङ्क्रमण देखापर्दा स्याउलगायतका अन्नबालीको उत्पादन र गुणस्तर खस्किन थालेको शेरचनले वताए । मौसम परिवर्तनका कारण मुस्ताङमा कुनै वर्ष पर्याप्त स्याउ उत्पादन हुने र कुनै वर्ष न्यून हुने गरेको किसानहरुको अनुभव छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
