चिलगाडीमा उड्ने पश्चिमी ओखलढुंङ्गेको सपना अधुरै
7 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – चिलगाडीमा चढेर काठमाडौं ओहोर दोहोर गर्ने पश्चिमी ओखलढुंगाको खिजी चण्डेश्वरीका बासिन्दाको सपना अधुरै रहेको छ । सरकारले निर्माण गरेको उक्त विमानस्थलमा ५ बर्ष अघी एक पटक ओर्लेर फर्केको विमानले फेरी चण्डेश्वरीको माटो टेकेको छैन् ।
दुर्गम मानिएको रामेछाप सिमावर्ति ओखलढुंगाको खिजी चण्डेश्वरीमा विमानस्थल निर्माणमा सरकारले ठुलो धनराशि खर्चेको छ । तर सेवा संचालन हुन नसक्नदा उक्त रकमको सदुपयोग हुन सकेको छैन् । विमानस्थलको सूचिमा समावेश भएपनि खिजी चण्डेश्वरी विमानस्थलमा परिक्षणका लागि तारा एयरले गरेको परिक्षण उडान बाहेक अरु उडान हुन सकेका छैनन् ।
कच्ची सडक मार्गबाट कष्टकर यात्रा गर्दै झण्डै १० घण्टा लगाएर काठमाडौं आउ जाउ गर्ने स्थानीय बासिन्दाको जहाज चढने सपना साकार पार्नका लागि संघीय सरकार र नेपाल नागरिक उडड्यन प्राधिकरणले चासो नदिदाँ विमानस्थल संचालन भएको छैन् । विमानस्थल चालु गराउनका लागि जनप्रतिनिधिहरुले बारम्बार माथिल्लो तहमा कुरा राखेका छन्् । गाउँकै विमानस्थलमा फेरी जहाज वस्ला र काठमाडौं जाउँला भनेर कुरेका गाउँका वृद्धवृद्धाहरु रोगले थलिदा पनि सरकारले उक्त विमानस्थल संचालन गर्न कुनै कदम नचालेकोमा स्थानीय मानवहादुर सुनुवार खिन्न छन् । ‘गाउँबाटै जहाज चढेर मात्र मरौंला भन्ने थियो तर पाईएला जस्तो छैन् ’ केहि बर्ष देखि दमको रोगले थलिएका सुनुवारले निशारा पोखे ।
२०७६ साल पुस ७ गते नेपाली काँग्रेसका नेता रामहरी खतिवडाको पहलमा उक्त विमानस्थलमा तारा एयरको विमानले परिक्षण उडान गरेको थियो । खिजी चण्डेश्वरीका बासिन्दाहरु घरको ढोका लगाएर विमानस्थलमा खुसी साटासाट गर्न ओेईरिएका थिए । उक्त दिन खतिवडाले खिजी चण्डेश्वरी विमानस्थलबाट नियमित सेवा संचालन हुने वताएका थिए । तर खतिवडाको योजनालाई सरकारले चासो नदिएको गुनासो उनका जिल्लाबासी सर्वसाधारणको छ ।
ओखलढुंगाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा हाल राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले खिजी चण्डेश्वरी विमानस्थललाई सुदृढिकरण गरी तत्कालै विमान सेवा संचालन गर्नका लागि माथिल्लो निकायमा धाएको धेरै भइसकेको छ । ‘हामी आगामी बर्षको बजेटमा उक्त विमानस्थल संचालनको कार्यक्रम समावेश गर्न लगाएर विमान सेवा संचालनमा ल्याउछौं ’ खतिवडाले भने – राज्यको करोडौं लगानी गरेको संरचना त्यतिकै खेर जान दिनु हुदैन् । त्यसले स्थानीयलाई सेवा पनि दिनसक्नुपर्छ ।
टुईनअटर विमान अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको खिजी चण्डेश्वरी विमानस्थल ग्राभेल गरिएको थियो । केहि बर्ष देखि वेबारिसे वनेको उक्त विमानस्थलमा भलबाढीले क्षति गरेको छ । विमानस्थल र वरपर रुख उम्रेका छन् । अहिले विमान अवतरण गर्न सक्ने अवस्था छैन् । खिजी देम्बा गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष टंकराज सुनुवार भन्छन् – गत बर्ष मैले केहि रुख कटाए पनि, फेरी छेउछाउ उस्तै भएको छ ।
वडाअध्यक्ष सुनुवारका अनुसार २०७६ को परिक्षण उडान पछि उक्त विमानस्थलबाट नियमित उडान गर्नका लागि तारा एयर संग संझौता भएको थियो । ‘एक उडानमा १० जना भन्दा कम यात्रु भएभने गाउँपालिकाले पैसा तिर्ने गरी उक्त एयर संग संझौता भएको थियो ’ सुनुवार भन्छन् – गाउँपालिकाले त्यसका लागि पैसा पनि बिनीयोजन ग¥यो तर सेवा संचालन नहुनै कोरोना संक्रमण फैलिएपछि उक्त संझौता कार्यान्वयन हुन सकेन । कोरोना सकियो तर विमानस्थल संचालन हुने कुरा अहिले सम्म ओझेलमै रह्याे ।
खिम्ती देम्बा गाउँपालिकामा पर्ने देम्बा डाँडा पर्यटकिय क्षेत्र हो । उक्त क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकहरु आईरहन्छन् । खिजी चण्डेश्वरीका धेरै जना ट्रेकिङ व्यवसायी छन् । विमानस्थल संचालन भएमा देम्बा डाँडामा बाह्य पर्यटकहरु बढ्ने आशा गाउँपालिकाको छ । त्यसपछि लाहुरेहरुको बसोवास रहेको खिजी चण्डेश्वरी क्षेत्रका बासिन्दा आफै पनि दिनभरी सडक यात्रा गर्न भन्दा जहाजको यात्रा गर्न रुचाउने धेरै छन् । सुनुवार भन्छन् – हप्ताको कम्तीमा पनि २ उडानका लागि यात्रु अभाव हुदैन् भन्ने हाम्रो विश्वास छ ।
खिजी चण्डेश्वरी विमानस्थल कच्चि छ । विमानस्थल वरपर घेराबेरा छैन् । एटिसी बस्ने गरी पूर्वाधार निर्माण र उपकरण जडान गरिएको छैन् । सवै पूर्वाधार एकै पटक निर्माण गर्ने भन्दा पनि एटिसी र उपकरण व्यवस्था र विमानस्थल मर्मत सुधार गरेर संचालन गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । ‘विमानस्थलमा टर्मिनल भवन र अरु संरचना बनाउदै जाउँला पहिले गाउँमा सुत्केरी हुन नसकेका, वृद्धवृद्धा, अपाङ्ग, विरामी र महिलाहरुलाई कष्टकर कच्ची सडकको यात्रा गर्न बाध्यकारी अवस्थाको अन्त्य गरांंै भन्ने हो ’ खिजी देम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले भने – त्यसका लागि हामी यो बर्ष पनि माथिल्लो निकायमा बजेट र कार्यक्रमका लागि धाईनै रहेका छांै , आशा गरौं यो बर्ष विमास्थल संचालनका लागि हाम्रो प्रयासले काम गर्छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
