शसस्त्रको जागिर छोडेर गाईपालनमा रमाउदै
7 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – गरे के हुदैन ? मन्थली १ रामेछापमा गाईपालन गर्दै आएका मनोज श्रेष्ठले चरितार्थ गरेका छन् । उनले दैनिक २ सय ५० लिटर सम्म दुध बजारमा पु¥याउने गरेका छन् । दुध विक्रीबाट सवै खर्च कटाएर महिनाको १ लाख आम्दानी गर्दै आएका मनोज श्रेष्ठ भन्छन् – गर्दा हुने रहेछ ।
सशस्त्र प्रहरी बलमा ११ बर्ष पुगेको स्थायी जागिर छोडेर गाईपालनका लागि आईपुगेका श्रेष्ठ विगत ५ बर्ष यता विहान देखि वेलुका सम्म गाईगोठमै हुन्छन् । विहान उठ्ने वित्तिकै गाईगोठमा पुग्ने श्रेष्ठ, गोठको सफाई, दाना पानी, दुध दुहुने र वजारमा पु¥याउने सम्मको काममा रमाउदै आएका छन् । उनलाई गाईगोठको काममा परिवारका सदस्यले पनि दिल लगाएर सघाएका छन्् । बाहिरको हरियो घाँस काट्नका लागि केहि मजदुर लगाएपनि अरु सवै काम परिवारबाटनै धानिएको छ ।
मन्थली १ को सुकाजोर खोला नजिक रहेको उनको मिना पशुपालन फार्म भित्र अहिले जर्सी र होल्स्टिन जातका २४ वटा गाई र एउटा उन्नत जातको साँढे छन् । त्यसमध्ये १३ वटा जर्सी र ११ वटा होल्स्टिन जातका गाई रहेका छन् । दुवै जातका गाईले दैनिक २३ देखि २४ लिटर सम्म दुध दिने गरेको श्रेष्ठले वताए ।
श्रेष्ठले आफु शसस्त्रको सेवामा रहदै घरमा २ वटा गाई किनेर छोडेका थिए । श्रीमतिले उक्त गाईको पालन पोषण गर्थिन । जव उनकी श्रीमतिले गाईको दुध डेरीमा लगेर बेच्न थालिन् तव श्रेष्ठले शसस्त्रमा पाउने तलव भन्दा दुध विक्री गरेको पैसा बढी हुन थाल्यो । ‘म परिवार भन्दा धेरै टाढा वसेर अनेक दुख्ख गरेर कमाएको पैसा भन्दा घरमै श्रीमतिले दुईटा गाई पालेर दुध विक्री गर्दा आउने पैसाले जित्न थालेपछि म जागिर छोडेर यो पेशामा आएको हुँ ’ अहिले सम्म राम्रो भएको पनि छ । श्रेष्ठ २०७७ सालमा शसस्त्रको जागिर छोडेर पूर्ण समय गाईपालनमा होमिएका हुन् ।
फार्म दर्ता गरेपछि गोठ निर्माण, गाई र साँढे खरिद लगाएको कार्यमा उनले झण्डै ४५ लाखको हाराहारीमा खर्च गरिसकेका छन् । दुध विक्री गर्दै गाईको सख्या बढाउदै आएका श्रेष्ठको गोठ अहिले भरिभराउ छ । मासिक ५ लाख ५० हजार रुपैयाँको दुध विक्र्री श्रेष्ठले हाल सम्म सरकारी सुविधा भने उल्लेख गर्न लायक नपाएको गुनासो गरेका छन् ।
‘मैले फार्मको नाममा मन्थली नगरपालिकाबाट दुध दुहुने मेसिन पाएको थिए ’ श्रेष्ठ भन्छन् – तर त्यसले राम्रो काम दिएन, अहिले हातैले दुहुने गरेको छु । प्रदेश सरकार र मन्थली नगरपालिकाले किसानलाई दुध विक्री गर्दा अनुदान दिने नितीले भने श्रेष्ठले लाभ लिएका छन् । गत बर्ष मात्र उनले ८० हजार रुपैयाँ दुध विक्री वापत अनुदान पाएका थिए । गाई खरिदमा अरु किसानले अनुदान पाएपनि श्रेष्ठले पाएका छैनन् । जवकी रामेछाप जिल्लामानै धेरै दुध विक्री गर्ने किसानमा उनी पर्छन् । गाईको दुध विक्री गरेर उनले फार्म नजिकै सुन्दर घर जोडेका छन् । ‘उ त्यहि हो मेरो कमाई ’ श्रेष्ठले फार्म नजिकैको घर देखाउदै भने ।
दुध उत्पादन धेरै भएपनि पशुपालक किसानले दुधको उचित मूल्य नपाएकोमा उनको गुनासो छ । ‘लगानीको आधारमा दुधको मुल्य आएको छैन्’ श्रेष्ठ भन्छन् – दुग्ध सहकारी बनायौं त्यसले झन किसानलाई मारमा पारेको छ । डेरीले लिएको दुधको बेलामानै पैसा भुक्तानी लिन सकिने भएपनि दुग्ध सहकारीबाट लिएको दुधको ३÷४ महिना सम्म पैसा पाउन कुर्नु परेको गुनासो उनको छ । मन्थलीका २ वटा डेरीमा दैनिक २ सय लिटर दुध विक्री गर्ने उनले दुग्ध सहकारी मार्फत काठमाडौंतर्फ सरदर ३० लिटर दुध पठाउछन् । फ्याटको आधारमा मन्थलीमा रहेका डेरीले गाईको दुधमा प्रतिलिटर ७५ रुपैंया सम्म पैसा दिने गरेका छन् । तर काठमाडौंमा सहकारी मार्फत जाने दुधमा प्रतिलिटर ५७ रुपैयाँ भन्दा बढी पैसा नपाएको उनको गुनासो छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
