रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष्ठ कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सहितको सालिकमा माल्यार्पण गरेको छ ।
एमाले बागमति प्रदेश समितिका सदस्य तथा बागमति प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, बागमति प्रदेश समितिका सदस्य गंगा कार्की लगाएतले शहीद गंगालाल श्रेष्ठ सहित कम्पयुनिष्ट पार्टीका संस्थापक सदस्य पुष्पलाल श्रेष्ठ र साहित्यिक शहीद कृष्णलाल अधिकारीको सालिकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा आयोजित कार्यक्रममा प्रदेश समिति सदस्य आनन्दकुमार श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीको स्थापनामा पुष्पलाल श्रेष्ठले देखाएको त्यागको प्रशंसा गरेका थिए । उनले सिमित व्यक्तिहरुको त्यागबाट जन्मेको कम्युनिष्ट पार्टी लाखौं नागरिकको भरोसाको केन्द्र भएको वताएका थिए ।
