+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजनालाई थाहा छ, विषाधि छैन्

7 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु देखिने रोगले आलुका बोट थलिएको दुई साता पुग्यो । स्थानीयले डडुवा भनेर चिनेको सो रोगका बारेमा जिल्लामा रहेको कृषि विकास कार्यालयमा सूचना आएको छैन् । आलु जोन कार्यक्रम संचालन गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीपरियोजनामा सूचना सम्म आएको छ, तर निदानको लागि विषाधिको प्रवन्ध छैन् ।

प्रितीको मैदाने मात्र हैन, आलुको व्यवसायीक रुपमा खेति हुने उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको माथिल्लो भागमा अहिले किसानलाई एउटै पिरलो छ, डरलाग्दो सरुवा रोग डडुवा कसरी नियन्त्रण गर्ने ? ।

आलुमा दाना विकास हुने बेलामा डडुवा देखिएकोले यो बर्ष आलुको उत्पादनमा नकरात्मक ह्रास हुने चिन्तामा किसानहरु छन् । डडुवा फैलिने बेला चाँहि यहि हो भन्ने कृषि प्राविधिकहरु भने विषाधिको प्रयोग गर्दा डडुवा निदानमा आउने र आलु उत्पादनमा असर नपर्ने वताउछन् । तर निदान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विषाधि खरिद गरेकै छैन् भने जिल्ला कृषि विकास कार्यालयले रोग फैलिएको सूचनै पाएको छैन् । पालिकाले पनि बल्ल प्राविधिहरु आलु बालीमा पढाउन र विषाधिको व्यवस्थामा जुटेको छ । पालिकाको सानो प्रयासले आलुको ठुलो रोग डडुवा चाडै नियन्त्रणमा आउला भन्ने विश्वास किसानलाई चाँहि पटक्कै छैन् ।

यतिवेला मैदाने, गजप्टे, लाप्चाने, भूजि, गूप्तेश्वर लगाएतको क्षेत्रका आलुमा पात कोप्रो हुदै खैरो भएर सुक्ने, स सना कालो टिका देखिन थालेपछि आलु किसानहरु चिन्तित भएका छन् । दुवै पालिकामा किसानहरुले करोडौंको आलु उत्पादन गर्दै आएका थिए । उक्त क्षेत्रको प्रमुख बालीनै आलु हो ।

आलुमा देखा परेको उक्त रोगका बारेमा किसानहरुले पालिकामा जानकारी गराउदै उपचारका लागि आग्रह गरेपछि कृषि प्राविधिकहरुले विषाधि छिट्ने काम गर्न थालेका छन् । तर कतिपय स्थानमा प्राविधिक र विषाधि नपुगेको गुनासो किसानहरुबाट आएको छ ।

उक्त रोग लागेका कारण आलु खेति उत्पादनमा नकरात्मक प्रभाव पर्ने भएको गुप्तेश्वरका अगुवा किसान हिरा श्रेष्ठले वताएका छन् । ‘पानी परेकोले केहि कम होला कि भन्ने आशा छ’ श्रेष्ठले भने – नयाँ पलाउने पालुवाले काम गरिदियो भने आलु केहि मात्रामा होला, नत्र स्वाहा नै हुनेभयो । उमाकुण्ड क्षेत्रमा गएको केहि दिन देखि निरन्तर बर्षा भइरहेको छ ।

माकुण्ड गाउँपालिकाकी कृषि प्राविधिक अविजना कार्कीले गाउँपालिकाको विभिन्न क्षेत्रमा आलु खेतिमा समस्या देखा परेको जानकारी आएपछि त्यसको निदानका लागि प्राविधिक परिचालन गरीएको वताईन । उनले आलुमा देखिएको समस्या डडुवाको संकेत हो । ‘डडुवा लागेपछि उपचार निकै कठिन हुने अवस्था हुन्छ’ कार्कीले भनिन् – यो चाडो फैलने सरुवा रोग हो । कार्कीका अनुसार अहिले आलुमा दाना लाग्ने मूख्य बेला हो डडुवाले पातमा आक्रमण गर्ने हुदाँ आलुको दानाको वृति विकासमा नकरात्मक प्रभाव पर्छ । खाना वनाउने पातमै रोगको प्रकोप भएपछि आलुको दाना नबढ्ने उनले वताईन् ।

यता व्यवसायीक आलु उत्पादन गर्ने गोकुलगंगा गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि डडुवा रोग फैलिएको छ । गाउँपालिकाले केहि दिन अघी मात्र केहि विषाधि किनेर छर्के पनि रोग नियन्त्रणमा आईसकेको छैन् । रस्नालुको माथिल्लो क्षेत्र, ठोसे र चुचुरेमा आलु खेतिको व्यवसायीक रुपमा खेति हुदै आएको छ ।

आलुको प्रमुख उत्पादन हुने क्षेत्रमा फैलिएको डडुवा रोगका बारेमा जिल्ला कृषि विकास कार्यालयमा भने कुनै जानकारी आएको छैन् । ‘हामीलाई कुनै जानकारी आएको छैन् ’ निमित्त कार्यालय प्रमुख सर्मिला फुँयालले भनिन् – डडुवा रोग लाग्ने बेला चाँहि यहि हो । उनले भनिन् – यदि डडुवा रोग हो भने त्यसले केहि दिनमानै आलु सखाप पार्छ । उत्पादनमा नकरात्मक असर परिहाल्छ ।

गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा आलु जोनको कार्यक्रम संचालन गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकि परियोजना रामेछापका प्रमुख थिर लाल गैह्रे चाँहि आलु जोन क्षेत्रमा डडुवा रोग लागेको जानकारीमा आएको वताउछन् । ‘ रोग आएको कुरा जानकारी पाएको छौं, तर यो बर्ष हामीले रोग किरा नियन्त्रणका लागि विषाधि खरिद गरीसकेका छैनौं , अव केहि दिनमा निर्णय गर्छौ ’ गैह्रेले भने । डडुवा रोग आलुमा लागि रहने रोग भएकाले विषाधि छिटेपछि नियन्त्रण भईहाल्छ । उनले पालिकाहरुले पनि रोग किरा नियन्त्रणका लागि प्रयास गरीरहेको वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले