+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पर्यटक लोभ्याउदै जिरीको गुराँस पार्क

8 दिन पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
जिरी ( दोलखा ) । ‘ढकमक्क सेतै फुलेको चिमाल घारीको विचमा आईपुगेपछि मैले सबै दुख्ख विर्सिंएर स्वर्गीय आनन्द माने ’ काठमाडौंको तारकेश्वर नगरपालिकाबाट जिरीको गुराँस पार्क घुम्न आईपुगेका विनोद श्रेष्ठले सुनाए – यस्तो मनमोहक स्थानमा घुम्न पाउनुमा मैले आफुलाई भाग्यमानि ठाकेको छु ।

दोलखाको जिरी नगरपालिकामा पर्ने गुराँस पार्कमा घुम्न पुग्नेले अहिले विनोदको जस्तै अनुभुति गर्न पाउछन् । काठमाडौंबाट जिरी पुग्ने कालोत्र सडक देखिनै रंगिविरङ्गी गुराँसका फुलहरु हेर्दै पार्कमा पुग्दा फुलैफुलले भरिएको डालामा पुगेको अनुभुति गर्ने धेरै हुन्छन् । पार्कमा राखिएका फलामे बेन्चमा वसेर जता हेरे पनि गुराँसै गुराँस मात्र देखिने दृष्यले मानिसहरु सवै पिर चिन्ता विर्सेर त्यहि फुल र प्रकृतिमा भुल्ने र लोभिने गर्छन् । ‘हामी २ घण्टा भयो आएको तर अझै झर्न मन लागेको छैन् , शनिबार तारकेश्वर नगरपालिका बाट साथिभाई सगैं बस रिजर्भ गरेर पार्कमा आइपुगेकी ममता श्रेष्ठले भनिन् – जति बस्यो, त्यति रमाईलो, तल झर्न मनै छैन् ।

त्यसै त चिसो ठाउँ जिरी , त्यस माथि झण्डै २ हजार ९ सय मिटर उचाईमा रहेको गुराँस पार्कमा पुग्दा गर्मी मौसममा आनन्द नहुने कुरै भएन । कहिले रातो, कहिले फुस्रो अनि कहिले सेतो गुराँस ( चिमाल ) को फुलघारीमा लुक्दै सेल्फि फोटो लिन र टिकटक बनाउन अहिले धेरै जना गुराँस पार्कमा पुग्छन् । युवा युवति देखि वृद्धवृद्धाहरु पनि पार्कका विभिन्न कुनामा रहेका गुराँसका रुखमै टाँसीएर मनोरञ्जन गरिरहेका भेटिन्छन् ।

‘यो त धेरै रमाईलो पो छ त !’ ढकमक्क गुराँस घारीमा शनिबार पश्चिम नेपालको अर्घाखाँचि र गुल्मीका पाहुनालाई लिएर घुमाउन पुगेका जिरी नगरपालिकाका पूर्व नगरप्रमुख टंक जिरेलले भने – यो बर्ष पानी नपरेकाले गुराँस फुल्न अझै ढिला भयो, फुल्न बाँकीनै छ । ‘तीन दिनमा पानी पर्ने देखाएको छ, पानी परिदियो भने कोपिला बनेर रहेको गुराँस सबै फक्रीने र नयाँ बर्ष २०८२ मनाउन आउने बेला यो भन्दा मज्जा नै बेग्लै ह्न्छ’ उनले भने ।

नेपालको स्वीट्जरल्याण्ड भनेर चिनीएको जिरीमा पहिलेझै गोरा छाला भएका विदेशी पर्यटकहरु अचेल हम्मेसी देखिदैनन् । सगरमाथाको ढोका भनिने जिरीमा २०५२ अघी पर्यटकले भरीभराउ हुन्थ्यो , काठमाडौंबाट सडक यातायातको उपयोग गरी जिरी आउने पर्यटकहरु जिरीमै रात विताएर पदमार्ग हुदै सगरमाथा तिर जान्थे । ‘जिरी उहि अवस्थामा छ, अझ पूर्वाधारहरु थपिएका छन् तर पर्यटकहरु छैनन् , स्थानीय गण जिरेल भन्छन्ु – अहिले जिरी प्राय सुनसान रहन्छ । पहिलेका ति दिन फर्काउन त स्थानीय सरकार र नागरिकले सक्लान नसक्लान तर आन्तरिक र बाह्य पर्यटक तान्नका लागि पछिल्ला बर्षहरुमा जिरी नगरपालिकाले पर्यटन पूर्वाधारको काममा निकै लगानी गरेको छ । ‘मेरै पालामा हो यो गुराँस पार्कको प्रवद्र्धन भएको’ पूर्व नगर प्रमुख जिरेल आफु सगैं आएका पाहुनालाई सुनाउदै थिए – अझ धेरै काम गर्न बाँकी छ ।

गुराँस पार्क पुग्न स्थानीय हाट डाडाँबाट उत्तर तिर डाडैडाडाँ उकालिनु पर्छ । बागमति प्रदेश सरकारले पार्क सम्म जाने सडक निर्माणमा ठुलो धनराशि खर्चेको छ । नाला र सोलिङ सहितको सडक बुद्धपार्क, बुलडाडाँ लगाएतको स्थान हुदै गुराँस पार्कमा पुग्छ । बर्षायाममा समेत सवारी संचालन गर्ने गरी निर्माण गरीएको उक्त सडकमा अझै धेरै काम गर्न बाँकी रहेको जिरेलले वताए ।

गुराँस पार्क भित्रै ठुलो पोखरी छ , टन्न पानी भरिएको उक्त पोखरीले पनि पार्कको आकर्षण थपेको छ । पर्यटकहरुलाई वस्न बेन्च, खाना बनाउन एउटा सानो घर, सौचालय, खानेपानीको सूविधा रहेको पार्कमा मेनु सहितको रेष्टुराँ र चिया पसल भने पाईदैन् । ‘त्यो सुविधा पनि भईदिए अझ राम्रो हुन्थ्यो होला ’ भक्तपुरका मनवहादुर थापाले भने । गुराँस पार्कमा चिया चमेनाको व्यवस्था नभएको जानकारी पहिलै भएकाले खाजा समेत बोकेर ल्याएको थापाले सुनाए ।

जिरी नगरपालिकाले सन् २०२५ साललाई ‘जिरी भ्रमण बर्ष’ घोषणा गरेको छ । ‘यो बर्षमा हामी धेरै भन्दा धेरे आन्तरिक पर्यटकहरु पार्क सम्म लैजाने सुरमा छौं ’ जिरी नगरपालिकाका प्रमुख मित्रवहादुर जिरेल भन्छन् – त्यसका लागि पर्यटक प्रबद्र्धन बोर्ड देखि विभिन्न जिल्लामा पुगेर सम्बन्ध विस्तार र पर्यटक आकर्षणका लागि जिरीका तयारीका बारेमा आफ्नो अवस्थाको व्याख्या सहित अन्तरक्रिया समेत गर्ने योजना छ । नगरपाकिलामा आउने पर्यटकहरुलाई गुराँस पार्कका अतिरीक्त हनुमन्तेडाडाँ, बुद्धपार्क, स्टोनपार्क, जिरी संग्रहालय लगाएतका स्थानमा भरपुर मनोरञ्जन दिने गरी तयारी भइरहेको नगर प्रमुख जिरेलले वताए ।

जिरी घुम्न आउनेलाई सस्तोमा आतिथ्यता दिने गरी स्थानीय होटल व्यवसायी संग नगरपालिकाले समन्वय गरेको छ । नगरप्रमुख जिरेलका अनुसार जिरीका राम्रा गुणस्तरीय होटलमा सादा खाना सहित रात विताएको १ हजार तिरे पुग्छ । कुखुराको मासु सहितको खाना र रात विताएको १ हजार ३ सय ५० र खसीको मासु सहित दुई छाक खाना र खाजा सहित १ हजार ५ सयको मेनु बनाइएको छ ।

जिरी भ्रमण बर्षको अवसरमा केहि दिन अघी जिरीमा बुलेट मोटरसाईकल ¥यालि गरीएको छ । फागुन ३ गते उद्घाटन भएको जिरी भ्रमण बर्षको अवसरमा जिरी नगरपालिकामा बर्ष दिन भरी संचालन गर्ने कार्यक्रमको खाका समेत बनाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

असिना र भलबाढीबाट क्षति

रामेछाप । आज अपरान्ह परेको असिना पानीले लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३,४ र ५ मा ठुलो क्षति पु¥याएको छ । असिन..

15 घन्टा पहिले

चकमन्न बन्यो मन्थलीघाट बजार

टीकाप्रसाद भट्टरामेछाप – मन्थली पुल नजिकको बजार अचेल चकमन्न छ । सगै रहेका घरहरु थोत्रिएर पुराना वनेका छन् । पहि..

5 दिन पहिले

रामेछापको कठजोर ढाँटीमा जीप दुर्घटना, २ जनाको मृत्यू, १ द..

रामेछाप । रामेछापको मन्थली नगरपालिका ३ कठजोर ढाँटीमा आज केहि बेर अघी यात्रुवाहक जीप दुर्घटना हुदाँ २ जनाको घटनास..

6 दिन पहिले

मौसम विग्रदा लुक्ला उडान ठप्प

रामेछाप । लुक्ला र रामेछाप तर्फको मौसम विग्रदा रामेछाप विमानस्थलबाट विहानै देखि लुक्ला तर्फका उडान हुन सकेका छै..

6 दिन पहिले

रामेछापको बाम्ती आउदै गरेको बस दाउन्नेमा दुर्घटना हुदा..

रामेछाप । काठमाडौँबाट रामेछापको वाम्ती तर्फ आउदै गरेको अरनिकाे यातायात समितिको बस काभ्रेको रोशी गाउँपालिकाको द..

6 दिन पहिले