+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

अपाङ्गता भएका नागरिकको सेवाका लागि मन्थली नगरपालिकाद्धारा काठमाडौंमै शिविर संचालन

8 महीना पहिले प्रकाशित

काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले काठमाडौंमा वसोवास गरेका अपाङ्गता भएका नगरवासीहरुलाई काठमाडौंमानै शिविर संचालन गरेर स्वास्थ्य परिक्षण तथा परिचय पत्र पुनारावलोकन गरेको छ ।

अपाङ्गताकै कारण नगरपालिकामा आएर सेवा लिन नसक्ने सेवाग्राहिलाई लक्षित गरी काठमाडौंको कोटेश्वरमा संचालन गरीएको दुई दिने शिविरमा मन्थली नगरपालिकाका विभिन्न वडामा स्थायी ठेगाना भएका ४६ जनाले अपाङ्गता परिक्षण गराएका छन् । साे शिविर शुक्रबार सकिएकाे हाे । 

मन्थली नगरपालिकाले असक्त अपाङ्गहरुलाई जिल्लामा ल्याउन र वसोवास रहेको काठमाडौंमा फिर्ता लैजान कठिनाई भएकोले काठमाडौंमानै स्वास्थ्य परिक्षण शिविर राखेको मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेतले वताईन् । काठमाडौंमा वसोवास गर्ने नगरबासीको सहजताको लागि यस अघी यस प्रकारको शिविरको आयोजना भएको थिएन् । जिल्लाका अन्य स्थानीय तहले समेत यस प्रकारको अभ्यास गरेको जानकारीमा छैन् ।

दुई दिने शिविरमा यसअघी परिचय पत्र नभएका अपाङ्गता भएका व्यक्तिहरु पनि आएका थिए । स्वास्थ्य परिक्षण गर्ने मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार नगरपालिकाले काठमाडौंमा शिविर संचालन गरेर उनिहरुले धेरै राहतको महसुश गरेका छन् । धामीका अनुसार शिविरमा स्वास्थ्य परिक्षण तथा परिचय पत्र पुनारावलोकनका लागि ल्याइएका अपाङ्गता भएका व्यक्तिहरु गाडिबाट झार्न र चढाउन समेत धेरै समस्या हुने अवस्थाका भेटिए । रामेछापमा भन्दा पनि काठमाडौंमा रहेका अपाङ्गता भएका व्यक्तिहरु बढी संवेदनशिल अवस्थाका भेटिएका डा. धामीले भने ।

धामीका अनुसार स्वास्थ्य परिक्षणबाट यस अघि क बर्गको परिचय पत्र पाएका केहि ख बर्गमा झर्ने, ख का ग बर्गमा झर्ने अवस्था देखिएको छ । तर त्यस सम्बन्धि निर्णय भने नगरपालिकाकाे  सम्बन्धित समितिले गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले