+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सुक्दै रसाउदै बाघ धारा

4 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – नामै बाघ धारा । गाउँका सवैभन्दा बढी पानी आउने धारा भएकाले पूर्खाले बाघको जस्तो मुखाकृति बनाएर हालेको कठजोरको ऐतिहासिक बाघ धारामा अहिले सानो पानी झर्छ । दशक अघीको भूकम्पले स्याप्पै भएको उक्त धारामा यो बर्ष अतिन्जेल पानी देखिएको छ । पूर्व वडाअध्यक्ष तरणीशंकर अधिकारी भन्छन् – सानो हुदै गईसक्यो, चैत बैशाखमा धाराबाट पानी चुहिदैन् ।


थुतुनु बाघको जस्तो भएको पित्तलको कलात्मक धाराको प्वालबाट अटाई नअटाई पानी झरथ्र्यो । अहिले सपना जस्तो लाग्छ । स्थानीयले धारा सुकेपछि त्यहि ट्यांकी बनाए । पानी खेर जाने डरले जम्मा गर्न थाले । ट्यांकीमा जम्मा गरेर खानेपानीको प्रयोग गर्न थालेका छन् ।


कठजोरका बासिन्दालाई बाघधारा भरपर्दो थियो । पूर्व गाविस अध्यक्ष शंकरप्रसाद अधिकारी भन्छन – सयौं घरले पानी उपयोग गदै आएको धारा सुकेपछि गाउंले अन्यौलमा छन । ‘लिफ्ट खानेपानी नल्याए अव कठजोरमा कसैको बास हुदैन’ अधिकारी भन्छन – बसाई हिडे हुन्छ ।


बाघ धारा नजिकै ठुलो पोखरी थियो । २४ सैं घण्टा आईरहने पानी त्यहि पोखरीमा जम्मा पार्थे । त्यसभन्दा तल केहि खेत थियो । खेत रोप्न अनि धान झुलाउने काम त्यहि पानीको भरमा गरिन्थ्यो । अधिकारी भन्छन् – आफ्नै पालामा केहि बर्ष अघीको त्यो सम्झना अव एकादेशको कथा बनेको छ ।


मन्थली नगरपालिका २ मा पर्ने कठजोरको बाघधाराको पानी सुकेपछि ऐरम्बास नजिकको खोलाबाट कठजोरमा दुईटा योजना संचालनमा ल्याइएको थियो । तामाकोशी सेवा समितिको सहयोगमा निर्माण भएका उक्त योजनाहरुको पानीले अव हिउँदका बेला नधान्ने भएको छ । त्यो मुहान पनि सुक्दै गएको छ, हिउँदका महिनामा पानीनै हुदैन् स्थानीय रुद्र श्रेष्ठ भन्छन – चाडबाड र ठुला पर्व परेका बेला ट्यांकरबाट बोकाएर खांचो टारेका छौं ।


गाउंमा विवाह, ब्रतवन्द र अन्य धार्मिक कार्य हुदां ट्यांकरमा पानी नबोकाई हुदैन । भुकम्प पिडितले घर निर्माण गर्दा १३ किलोमिटर टाढाको तामाकोशीबाट पानी बोकाए । कठजोरमा निर्माण भएका केहि ठुला संरचनाका लागि समेत मन्थलीबाटै पानी ढुवानी गर्नुप¥यो ।


कठजोरको पात्ले, ढाँटीचौर, पिप्ले, टेकनपुर लगाएतको क्षेमा पानीको संकट छ । स्थानीय नारायणवहादुर मगर भन्छन् – गृहिणीहरु पानीका लागि राती अवेर सम्म विभिन्न धारा र पधेंरामा पालो कुरेर वस्न वाध्य छन । राम्रो निन्द्रा र बालबालिका भन्न पाएका छैनन ।


रामेछापको दक्षिणी क्षेत्रमा दुई दशक यता पानीको क्षयीकरण हुदै आएको छ । मनसुन सिजनमा न्यून मात्रामा बर्षात हुदा मुल नफुटी बर्षायाम सकिने गरेकोले भएका श्रोतहरु धमाधम सुक्दै गएका हुन । गाउँमा प्रयाप्त भएर अन्य गाउँलाई दिएका खानेपानीका मुहानहरु अहिले सुख्खा भएका छन । पानीको संकट नपर्ने दक्षिणी क्षेत्रमा अव विरलै गाउँ बाँकी छन ।
खानेपानी तथा सरसफाई डिभिजन – ४ रामेछापका अनुसार जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश पानीको श्रोत सुकेकाले त्यस्ता क्षेत्रमा नदि तथा खोलाको पानी लिफ्ट गर्ने योजनामा सरकार लागेको छ । लिफ्ट प्रणाली असाध्यै महंगो पर्ने भएकाले निर्माण पुरा गर्नका लागि केहि बर्ष लाग्ने गरेको छ । सरकारले न्यून मात्रामा वजेट पठाउने कारण लिफ्ट खानेपानी योजना बर्षौ सम्म अधुरा रहेका छन । यहि बेलामा बान्द्रेबाट कठजोरका लागि पनि खानेपानी लिफ्ट गर्नका लागि ठुलो धनराशीको बजेट अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरीदिएको छ । सरकारले श्रोत सुनिश्चित गरेपनि उक्त बजेट एकै साल या दुई तिन बर्षमा आउने हैन, । खानेपानी योजनाको लागत अनुमान स्वीकृत गर्ने, ठेक्का लगाउने र बर्षमा कनिका छराईको बजेट पठाउने चलन रहेकाले जिल्लामा कयौं योजना दुई दशक सम्म पनि पुरा हुन सकेका छैनन् ।


मन्थली २ कै दाहालगाउँ टेकनपुर खानेपानी योजनाले केहि गाउँमा भर्खर खानेपानी वितरण गर्न सकेको छ । तर योजना पुरा भएको छैन् । उक्त योजना पनि झण्डै दुई दशक अघीनै सुरु भएको हो । मन्थली नगरपालिका २ का वडा अध्यक्ष सुरेन्द्र कार्की भन्छन् – धेरैको साथ र सहयोग जुटाएर गाउँलेको प्यास मेटाउन सकेको छु । यस्तै गरी कनिका छराईले बर्षौ सम्म योजना राख्ने हो भने बान्द्रे कठजोर योजना पुरा गरेर नागरिकले खानेपानी प्रयोग गर्न पनि बर्षौ लाग्ने अवस्था छ । यदि त्यसोभयो भने कठजोरमा पानीकै अभावमा धेरै घरमा ताला लागिसकेको हुनेछ ।


जिल्लामा हाल पकरवास, भिरपानी, राकाथुम, मझुवा, फुलासी, गेलु, खिम्ती, चिसापानी, मन्थली, ओख्रेनी, रामपुर, सुकाजोर, रामेछाप, भलुवाजोरमा ६० भन्दा बढी लिफ्ट खानेपानी योजना संचालनमा रहेका छन । अझै पनि केहि योजनाहरु लिफ्ट प्रणालीमानै थपिदै छन् ।


पानीको संकट टार्नका लागि केहि बर्ष अघि उत्तरी रामेछापको ठोसेमा पर्ने टगम खोला र रस्नालुमा पर्ने दार्खा र बुर्के खोलाको पानी समेटेर जिल्लाका साविक १६ गाविसमा वितरण गर्ने गरी अघी सारीएको योजना कार्यान्वयनमा नआउदै रद्ध भएको थियो । करिव अढाई अर्ब लागतको उक्त योजना निर्माणका लागि स्वीस सरकारले आधा लगानी गर्ने प्रतिवद्धता गरेपनि नेपाल सरकारले बजेटको सुनिश्चितता नगर्दा योजना रद्ध भएको हो । स्वीसले उक्त योजनाको विस्तृत सर्भे र डिजाईन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कजवे बगाउदा यातायात अवरुद्ध

रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..

10 घन्टा पहिले

दुर्गम समुदायमा अदालती कुरा

रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..

10 घन्टा पहिले

रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..

रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..

2 दिन पहिले

मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै

रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदल..

2 दिन पहिले

राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने

रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने न..

2 दिन पहिले