रामेछापको टुकी युग अन्त्य गर्ने सुँघुरे जलविद्युत आयोजना आफै अन्धकारमा
5 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । कुनै बेला तत्कालिन जिल्ला सदरमुकाम रामेछाप बजारमा टुकी युगको अन्त्य गरी विजुलीको उज्यालो दिने सुँघुरे जलविद्युत आयोजना अहिले आफै अन्धकारमा पुगेको छ ।
विद्युत प्राधिकरणको स्वामित्वमा रहेको उक्त आयोजनाबाट झण्डै ६ बर्ष देखि विद्युत उत्पादन भएको छैन् । आयोजनाको पावर हाउस, कर्मचारी आवास भवन जिर्ण र नासिने क्रममा छन् । विद्युत उत्पादनका लागि प्रयोग भएका उककरण वेवारिसे अवस्थामा छन् । केहि चोरी भएको हुन सक्ने स्थानीयको दावि छ । आयोजनामा रुघालु र हेरालु राखिएको छैन् ।
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकामा पर्ने उक्त आयोजनाको पावर हाउस भित्र करोडौंका विद्युत उपकरण अलपत्र छोडिएको छ । केहि खिया लागेर नासिने अवस्थामा छन् भने केहि अझै काम लाग्ने उपकरण छन् । पावर हाउस वरिपरी सिस्नु पलाएको छ । विद्युत निकालेर ग्रीडमा पठाउने लाईन देखि पेनस्टक पाईप सम्म सिस्नुघारीले छोपिएको छ ।
२०४४ सालमा चीन सरकारको सहयोगमा सुँघुरे खोलाको पानी प्रयोग गरेर ७५ किलोवाट क्षमताको उक्त जलविद्युत आयोजना संचालनमा ल्याइएको थियो । त्यसबाट उत्पादित विद्युत तत्कालिन जिल्ला सदरमुकाम रामेछाप, भंगेरी, सिन्धुलीको खुर्कोट, बारा, सुँगुरे क्षेत्रमा वितरण गरिएको थियो । २०५६ सालमा सिन्धुली बाट जोडिएको ११ केभि प्रशारण लाईनबाट रामेछापमा केन्द्रीय प्रशारण लाईनको विद्युत नआउदा सम्म उक्त आयोजना बाट उत्पादित विद्युतनै रामेछापको केहि भागमा उपयोग हुदै आएको थियो ।
२०५६ सालमा रामेछापमा केन्द्रीय प्रशारण लाईनको विद्युत आउदा पनि त्यसको संचालन सुँघुरे जलविद्युत आयोजनाका प्रमुखलेनै गरेका थिए । केहि अवधि सम्म उक्त आयोजनालाई रामेछाप साना जलविद्युत आयोजनाको नामले संचालन गरिएको थियो । रामेछापको कार्यालय समेत उक्त आयोजनामै थियो । उक्त आयोजनालाई प्राधिकरणको ग्रामिण जलविद्युत विभागले हेर्ने गथ्र्यो ।
रामेछापमा सहज विद्युत आउन थालेपछि उक्त आयोजनालाई नेपाल विद्युत प्राधिकरणले उपेक्षा गरेको स्थानीय रामजि श्रेष्ठले वताए । ‘केहि बर्ष त्यतिकै वन्द भयो’ श्रेष्ठले भने – पछि फेरी मर्मत गरेर संचालन गरीएको थियो । विद्युत माग उच्च भएको र राज्यमा लोडसेडिङ २० घण्टा पुगेको बेला उक्त आयोजनाले धेरै ठुलो भरथेग गरेको श्रेष्ठको भनाई छ । लोडसेडिङका बेला उक्त आयोजना पूर्ण क्षमतामा संचालन भएको र उत्पादित विद्युत ३३ केभि प्रशारण लाईनमा जोडेर केन्द्रीय प्रशारण लाईनमा पठाइने गरिएको थियो । केहि अवधि उक्त आयोजनाको वत्ति रामेछाप जिल्ला सदरमु्काम मन्थली क्षेत्रमा समेत उपयोगमा ल्याइएको थियो ।
नेपाल विद्युत प्राधिकरणले सुँघुरे आयोजनाका लागि दुई स्थानमा जग्गा खरिद गरेको छ । पावर हाउस क्षेत्र आसपासको केहि जग्गा बाँझो छ भने केहिमा स्थानीयले खेति लगाएका छन् । सुँघुरे डाडाँमा रहेको कार्यालय भवनको क्षेत्रमा समेत ठुलो क्षेत्रफल रहेको जग्गा त्यतिकै छोडिएको छ । आयोजनाका पावर हाउस सहितका ३ वटा भवनका अव चिनो मात्र बाँकी रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण रामेछाप केन्द्रका प्रमुख दिपेन्द्र बुढाथोकीका अनुसार सुँघुरे जलविद्युत आयोजना संचालन गर्न पानीको अभावले गर्दा नसकिएको हो । सुँघुरे खोलामा रहेको पानी सुक्दै गएकोले स्थानीय किसानको आवश्यकता धान्न समेत धौ धौ हुन थालेपछि विद्युत आयोजना बन्द गर्नुपरेको हो । सुँुघुरे खोलाको पानी किसानलाई पुगेपछि मात्र विद्युत प्राधिकरणलाई दिने गरीएको थियो । उक्त पानी पोखरीमा जमाएर राति र विहानको समयमा विद्युत निकाल्ने र दिउँसोको समयमा किसानलाई दिने गरीएको स्थानीयहरु वताउछन् ।
त्यसमाथि सुँघुरे खोला देखि विद्युत आयोजनाको पोखरी सम्म पानी ल्याउन प्रयोग भएको कुलो बारम्बार क्षति हुने र मर्मतका लागि ठुलो धनरासि खर्च हुन थालेपछि प्राधिकरणले उक्त आयोजनाबाट आम्दानी भन्दा खर्च धेरै गर्नुपरेको ठहर सहित मर्मत गर्न छोडेको हो ।
प्राधिकरणले संचालन गर्न छोडेको ६ बर्षका विचमा आयोजना नासिने अवस्थामा पुगेको छ । त्यसको जिम्माा अझै पनि रामेछाप वितरण केन्द्रमै रहेको छ । ‘हामी त्याहाँ रहेका विद्युत उपकरण केहि प्रयोग गर्दै पनि छौं’ बुढाथोकीले भने – बाँकी रहेकालाई अव लिलाम प्रकृयामा लैजाने योजनामा छौं । उनले जग्गाको स्वामित्व भने सिन्धुली जिल्ला भएकाले प्राधिकरणको सिन्धुली जिल्लालाई हस्तान्तरण गर्ने सोच रहेको समेत वताए ।
कमेन्ट गर्नुहोस्

कजवे बगाउदा यातायात अवरुद्ध
रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..
15 घन्टा पहिले
दुर्गम समुदायमा अदालती कुरा
रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..
15 घन्टा पहिले
रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..
रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..
2 दिन पहिले
मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै
रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदल..
2 दिन पहिले
राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने
रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने न..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता

