सुख्खा पाखाे रिचार्ज गर्दै पाेखरी
10 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप । खाँडादेवि गाउँपालिका ३ भिरपानीको आहालडाँडामा निर्माण भएको ४० लाख लिटर पानी अटाउने पोखरी गएको बर्षायाममा ५ पटक भरीयो । विचमा भ्वांग परेर पानी चुहिएपछि स्थानीयले त्यसलाई टालेर फेरी पानी जमाए । अहिले पानी छैन् तर पोखरी निर्माणको सकरात्मक असर गाउँमा देखिएको छ ।
‘धेरै बर्ष अघी सुकेका भिरपानीका सार्की पधेंरा र ठुलो पधेंरामा यस बर्ष पानी देखियो ’ गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ भन्छन् – आहालडाडाँको पोखरीमा पानी रिचार्ज भएकै कारण ती दुई पधेंरामा पानी रसाएको हो । उक्त पधेंराहरुमा केहि दिन अघी सम्म पानी थियो ।
जलवायु परिवर्तनका लागि भिरपानी, पकरवास, राकाथुम जस्ता दक्षिण फर्किएका पाखा सुख्खा छन् । झण्डै दुई दशक देखिको खडेरीले उक्त गाउँहरुमा पुर्खाले खनेका धारापधेंरा सुकेका छन् । गाउँमा सडक निर्माण गर्दा आएको माटो बर्षाको भलले बगाउदा आहाल र पोखरी पुरिएकाले आकाशबाट परेको पानी जमिनमा पस्न नपाई खोलैखोला बाहिरिने देखेपछि श्रेष्ठले गाउँपालिकामा ३ सय वटा पोखरी निर्माणको महत्वाकांक्षि योजना अघी सारेका थिए । त्यस मध्ये आधा जस्तो पनि पोखरी निर्माण भएका छैनन् । पालिकाले साना पोखरी निर्माणका लागि बिनीयोजन गरेको २५ लाख रुपैयाँ बाट १ सय पोखरी निर्माण भइसकेको उनले वताए ।
‘नागरिकहरु भविष्यको चिन्ता गर्दैनन्, तत्कालका लागि सय पचास भए हुन्छ भन्ने खालको मनसाय राख्छन् ’ गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ भन्छन् – जलवायुको असर न्यूनिकरण गर्दै जमिनमा रिचार्जको लागि पोखरी निर्माणको महत्व सुख्खा क्षेत्रमा बढी भएकाले आउँदो बर्षमा पनि पोखरी निर्माणको योजनालाई कार्यक्रममा समावेश गरेर लान्छु ।
गाउँपालिकाले गत आर्थिक बर्षमा विनीयोजन गरेको १ करोड रुपैयाँ १३ वटा ठुला पोखरी निर्माण गर्नका लागि खर्च भयो । सवैले तेत्रो पैसा किन खर्च गरेको भनेर उल्टै पालिका अध्यक्षलाई आलोचना गरीरहेका छन् । केहिले त्यति धेरै रकम खर्चेपछि पोखरीमा पानी अड्याउनका लागि ढलान गर्नुपर्ने माग गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष भने पोखरीमा पानी अड्याउने हैन, पाखामा पानी रिचार्ज गर्ने अभियानमा भएकाले ढलानको पक्षमा छैनन् ।
मन्थलीबाट खाँडादेवि तिर उकालिदा खण्डहर जस्तै बनेको ठुलो सामुदायिक बनको पाखोमा अहिले हरियाली देखिन्छ । पोखरी निर्माणले पानी रिचार्जबाट फाईदा देखिएपछि उक्त क्षेत्रमा सयौं फलफुलका विरुवा समेत रोपीएका छन् । खाँडादेवि ४ का वडाअध्यक्ष कृष्णप्रसाद पौडेल पोखरी निर्माण गर्दा बर्षाको पानी बगेर जानबाट रोकिने र विरुवा हरियो वनाउनका लागि सहयोग पुग्ने कुरा सिकाई भएको वताउछन् ।
पौडेलका अनुसार अहिले खाँडादेवि ४ मा साना २० वटा र ठुला ४ वटा पोखरी निर्माण भइसकेका छन् । ‘हामी डिभिजन बन कार्यालय संग समेत कुरा गरिरहेका छौ’ं पोखरी निर्माण गर्ने कार्यक्रम सुख्खा पाखोमा प्रभावकारी देखिएकोले बन र पालिकाको सहकार्यमा अरु थप पोखरी निर्माण गर्ने अभियानमा छौ्रं । पौडलका अनुसार पाखामा आहाल जस्तो खनिएका डोबिल्कामा पानी जम्मा त्यस वरिपरी रहेका रुख विरुवाहरु अन्यत्रका भन्दा हरिया र सप्रेको देख्न सकिन्छ । वडा नम्बर ४ र ५ मा अहिलेका यसअघीका जनप्रतिनिधिले समेत पोखरी निर्माण गरेका थिए । तर उत्तिकै सुख्खा देखिने भिरपानीमा भने केहि ठुला बाहेक स–साना पोखरी खनिएका छैनन् । भिरपानी श्रेष्ठको जन्मथलो हो ।
पोखरी निर्माणको अभियानलाई जलवायु विषयका विज्ञहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘गाउँमा आलोचना गर्छन, विज्ञहरु स्यावास भन्छन् ’ श्रेष्ठले भने – यसैको सेरोफेरोमा मेरो पोखरी निर्माण गर्ने अभियान अघी बढेको छ । खाँडादेविमा निर्माण गरीएका पोखरीहरुमा पानी भरिनका लागि कुलो निर्माण गरी पोखरी सम्म लगिएको छैन् । भलको पानी जथाभावि बग्छ, त्यसलाई डोर्याएर पोखरी सम्म लैजान सके सबै पोखरीमा पानी भरिनेमा श्रेष्ठको आशा छ । मैले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पोखरी सम्मका लागि पाखाबाट कुलो निर्माण गर्नका लागि निर्देशन दिएको छु श्रेष्ठ भन्छन् – अव फिल्डमा पुगेर त्यसको अनुगमन गर्ने सुरमा छु ।सुख्खा डाडाँमा आकाशबाट परेको बर्षायामको पानी छेकेर पोखरीमा हाल्न सकियो भने मात्र पनि बोट विरुवाहरुलाई केहि अवधिका लागि पुग्छ । जिल्लामा बन कार्यालय र भू तथा जलाधार संरक्षण कार्यालयले समेत पोखरी निर्माणको काम गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
21 मिनट पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
