रामेछाप – तेह्र बर्ष अघी २०७२ बैशाख १२ को विनासकारी फुकम्पले माटटोमा मिलेको रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउंको माझी वस्ति फेरी गुजुमुज्ज र असुरक्षितनै वनेर उठेको छ । आगलागि र अन्य विपतका हिसावले पहिलेको जस्तै असुरक्षितनै हुनेगरी वस्ती ठडिएको हो । बाक्लो वस्तीमा जति बलिया घर भएपनि टाढा बाट हेर्दा लोभलाग्दा र आकर्षक देखिदैनन् । वस्तिको स्वरुप पहिलेकै जस्तो गुजुमुज्ज देखिएको छ ।
तामाकोशीको किनारमा बलैटो माटो माथि वनेका सवै घर माझी समुदायका हुन । जग्गा मिलाउन नसक्दा पहिलेकै स्वरुपमा यता र उता फर्किएका घर वनाउनु परेको स्थानीय मंगली माझी वताउछिन । ‘जग्गा मिलाउन जानेको भए हाम्रो पनि अन्यत्रको जस्तो नमुना देखिने गरी रहर लाग्दो हुन्थ्यो होला’ कस्ले गरिदिने ? उनि भन्छिन – आफ्नो जहाँ थियो, त्यहि घर वनाइयो, त्यसै कारण गाउँको स्वरुप बदलिएन ।
तल्लो रजगाउँ माझी वस्तीमा झण्डै ४० परिवारको वसोवास छ । सवैका घर जोडिएका छन । भएको जग्गालाई मिलाउन सकेको भए एकै लाईनमा राम्रो वस्ती वनाउन सक्ने अवसरबाट चुकेको अनुभव अहिले आएर उनीहरुले महशुस गरेका छन् । उक्त वडामा भुकम्प पछिको पुननिर्माणको काममा प्राविधिक पुग्नु अगाबै अधिकांशले घरको डिपिसी गरिसकेकोले मिलेको नमुना वस्ती देखाउन असम्भव भएको हो । त्यसमाथि वसोवासका लागि ओतिने थलो नभएकाले नमुना वस्तिका लागि योजना बनाउने र त्यसलाई कार्यान्वयनका लागि लाग्ने फुर्सद कसैलाई नहुदाँ पनि पुरानै स्वरुपमा पुननिर्माण थालिएको थियो ।
रजगाउँमा २०७२ को विनासकारी भुकम्प जानु अघी रहेका घर कुनै सद्धे थिएनन । त्यसैले त्यहि जग्गामै घर वनाउदा नमुना वनाउन सक्ने आधार प्राविधिक रुपमा वनेको थियो । चेत नखुल्दा फेरी पनि उस्तै घुमाउरो गल्ली बाट घुम्नु पर्ने भयो स्थानीय काले माझीले भने – घर पास भए, अनुदान पनि आयो, तर केहि गरी एउटा घरमा आगलागि भयो भने अरु घर पनि बचाउन सक्ने अवस्था चाँहि छैन्, सबै घर जोडिएका छन् ।
रजगाउँ लाई २०४५ सालको भुकम्पले पनि नराम्ररी लडाएको थियो । त्यतिवेला रामेछापमा सवैभन्दा ठुलो क्षति रामेछाप बजार र रजगाउँ लाई पुगेको थियो । दुवै स्थानमा स्वर्गीय राजा विरेन्द्र निरीक्षणमा आईपुगेका थिए । राजा आएपछि रजगाउँमा राहत त पुग्यो तर सुरक्षित आवास वनाउने चेत कसैको पुगेन । २०४६ साल पछि बनेका घरहरु २०७२ सालको भुकम्पले सबै लडायो । २०७२ पछि निजी आवास पुननिर्माणका लागि सरकारले अनुदान र प्राविधिक सहयोग दिएको बेला रजगाउँलाई चिटिक्कै बनाउन सकिन्थ्यो, त्यो अवसर गुम्यो ।
सामान्यतया एउटा घरले एक पुस्ता जान्छ । तर रजगाउँ मा एकै पुस्ताले ३ वटा सम्म घर वनाउने वाध्यता आइप¥यो । ‘जिवनभर घरै वनाएर वित्यो’ काले माझी भन्छन – एक चोटी वनाएको घरको ऋण नतिर्दै अर्को बनाउनु पर्ने बाध्यता परेको छ । वलियो संरचना नबन्दा भुम्कम्प जस्ता प्राकृतिक विपत्तिले रजंगाउँ लाई गांज्दै लगेको थियो, अव भूकम्पबाट जोगिने गरी बलियो त बनाएका छौं, तर आगो बाट बचाउन मुस्किल छ ।
