भिरको अमृतका लागि पुस्तौनि जोखिम
10 घन्टा पहिले प्रकाशित

रामेछाप । गुम्देलको ठाडो खोला माथिको ठुलो भिरमा अमृत जस्तै भीरमौरीको महको भण्डार देखेपछि लिखु पिके गाउँपालिका ५ का ३८ बर्षिय भिमवहादुर तामाङका आँखा अहिले त्यसैमा सोझीएका छन् । केहि बर्ष अघी देखि उनले त्यो ज्यानै जाने अक्करे पहिरोमा ज्यानै जोखिममा पारेर झुण्डिदै मह काट्दै आएका छन् । यो बर्ष पनि उनै त्यसका लागि तम्सिएका हुन् ।
माथिको रुखमा डोरी बाँँधेर झुण््याइएको भ¥याङमा झुण्डिएर मौरीको चाकामा पुग्नु सामान्य हैन् । तर भीमवहादुर र उनका सहयोगी टिमका लागि त्यो कुनै बहादुरी जस्तो लाग्दैन् । ‘अरुले त सक्दैनन् त्यहि भएर हाम्रै खोजि हुन्छ्’ भीमवहादुर भन्छन् – मेरो त जिजु देखिनै त्यहि काम हो । बाबु बाजेले त्यहि पहरामा झुण्डिएको अमृत झिकेर खाउँ भन्यो, हामीले त्यहि गरीआयौं । कक्षा ५ सम्म अध्ययन गरेका तामाङले कृषि बाहेक अरु पेशा खासै जानेका छैनन्, १५ बर्ष जति भयो, तिनै भीरहरुमा मौरीको चाका काट्न थालेको, त्यसमा चाँहि अहिले सम्म भगवानले हात थापेकै छन् ।
भीर मौरीको चाकामा पुग्न सामान्य र चानचुनै कुरा छैन् । सुरक्षाका सवै प्रबन्ध गरेन भने एकै परान हुन्छ । ‘माथि डोरीमा बस्ने, तल मह समाउने र हेर्ने सवैको मेसो मिल्यो भने मात्र मह खान पाईन्छ ’ तामाङले भने – नत्र परान एकैछिनमा जान्छ ।
उनी सगैं अरु ७।८ जना हरेक बर्ष भीर मौरीका पहरामै हुन्छन् । जेठ र मंसिरमा दुई पटक भीर मौरीको मह काट्ने चलन छ । जेठमा पहरा चिप्लो हुने जोखिम हुन्छ । तर मह धेरै हुन्छ । पानी नपर्दै झिक्न सकियो भने मह धेरै हुने भएकाले तामाङहरु जेठको अन्तिम तिर यो काममा सक्रिय हुन्छन् । असारको आधा उधि जस्तो मह काट्ने काम सकिन्छ । पानीमा मौरी चर्न जान सक्दैन् , भोको मौरीले आफैले बनाएको मह सिध्याईदिन्छ । त्यसैले ठुलो बर्षा नहुदै भिरमा झुण्डीएका चाकाहरु सिनित्त पारेर उनीहरुले आफ्ना भाडामा मह हालिसक्नुपर्छ ।
सोलुको भकान्जेका भीमवहादुर र उनका टिमको खोजि रामेछाप, सोलु र ओखलढुङ्गामा हुदै आएको छ । ओखलढुंगा र सोलुमा त्यति धेरै भीर मौरी छैन्न् । रामेछापको गुम्देल क्षेत्रमा ज्यादा छन् । गुम्देलको राम्दिङ, सुम्दह, ठाडो खोला, काङ्जिङ, उमातिर्थ ,लाहाछेवर र गुप्तेश्वर क्षेत्रमा धेरै भीरमौरी बस्छन् । ओखलढुंगाको चट्याङभीर र सोलुको तेङ्बोचेमा थोरै भीरमौरी छन् । ‘त्यतातिर यो बर्ष काटिसक्यौ’ उनले भने ।
रामेछापको गुम्देल क्षेत्रमा रहेको भीरमौरीको मह हिम्मत हुदैमा जो कोहिले काट्न पाईदैन् । गौरीशंकर संरक्षण क्षेत्रको स्थानीय समूहले ठेक्का लगाउने गरेको छ । ठेक्का जसले पारे पनि मह काट्न भने उनै भिमवहादुरनै हुन् । गत बर्ष महको ठेक्का पाएका गुम्देलका हाकिमवहादुर वस्नेत भन्छन् – हामी सक्दैनौं, उनिहरुलाइनै गुहार्नुपर्छ । मह काट्नेलाई आधा नदिई मान्दैनन् ।
मह काट्दा भिवहादुरहरुले ठ्याक्कै आधा पाउछन् । बर्षको झण्डै एक सय पचास केजि मह उनले वनाउछन् । प्रति केजि १ हजार ५ सय देखि २ हजार सम्म भीर मौरीको मह विक्री हुन्छ । त्यसको प्रमुख बजार काठमाडौं तिरै हो । गाउँमा पनि औषधिको रुपमा यो महको खाजि हुने गर्छ ।
तामाङका अनुसार एउटा चाकामा यो बर्ष १२ लिटर भन्दा धेरै मह आएन । गत बर्ष एउटैमा ३० लिटर सम्म मह आएको वताउने तामाङ यो बर्ष बढी बादल लागेको होला, कुट धेरै भएको वताउछन् । भीरमौरीको मह खान जानेन भने ठहरै हुने भएकाले उनले मह किन्ने लाई के अवस्थामा मह खानु नहुने भनेर सिकाउने पनि गर्छन् । तर अहिले भने त्यति धेरै वताएनन् । ‘एक चम्चा सधैं खान मिल्छ, तर धेरै खायो भने त्यहि विष हुन्छ ’तामाङले भने – सम्झदा अमृत ध्यान नदिदा विष । केहि मानिस भीर मौरीको मह खान नजानेर मरेको सुनेका उनले भने – मिठो लाग्दैमा धेरै खाएपछि जे पनि विष बन्छ ।
कमेन्ट गर्नुहोस्

तलबको पैसा लिएर शिक्षकले गरे विद्यार्थीलाई पुरस्कार
रामेछाप । रामेछाप नगरपालिका ४ को जनसक्रिय आधारभुत विद्यालय हिमगंगाका प्रअ निमवहादुर श्रेष्ठले आफ्नो वडाका २ वट..
8 घन्टा पहिले
भिरको अमृतका लागि पुस्तौनि जोखिम
रामेछाप । गुम्देलको ठाडो खोला माथिको ठुलो भिरमा अमृत जस्तै भीरमौरीको महको भण्डार देखेपछि लिखु पिके गाउँपालिका ५ ..
10 घन्टा पहिले
खानेपानीमा लगाएको कर छुटको माग
रामेछाप । सरकारले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरुले आर्जन गर्ने मुनाफामा कर..
20 घन्टा पहिले
स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण
रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ आंै स्थापना दिवसका अवसरमा सोमबार जिल्ला सदरमुकाम मन्..
20 घन्टा पहिले
कजवे बगाउदा यातायात अवरुद्ध
रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता

