+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

स्वरुप फेर्दै रस्नालुकाे चिया बगान

5 महीना पहिले प्रकाशित

रामेछाप । केहि समय अघी सम्म बनमारा, उतिस र अन्य प्रजातिका विरुवाले छपक्क ढाकेको रस्नालुको चिया बगानको अहिले आकृतिनै फेरीएको छ । केहि महिनाको श्रम खर्च गरेपछि रामेछापको गोकुलगंगा ३ रस्नालुको चियाबारी परैबाट मन लोभ्याउने देखिन थालेको छ ।

झण्डै १२ बर्ष अघी रोपिएका चियाका विरुवाबाट यसअघी न सौन्दर्य थियो, न आम्दानी । लगानीकर्ताहरुले लहैलहैमा रोपेका विरुवा हुर्किन्थे र छिमलिन्थे । छिमलेन भने चियाले ठुलो रुखको आकार लिने डरले त्यति सम्म चाँहि भएको थियो । तर बगानको गोडमेल, स्याहार र सौन्दर्यमा लगानीकर्ताको चासो पुगेको थिएन ।

झण्डै २० जना जग्गादाता र अरु २० जनाजति लगानीकर्ताको साझा थलो रस्नालुको भुजिडाडाँस्थित चियाबगान अव पहिलेको जस्तो बनमारा र उत्तिसको घारीको विचमा घेरीदैन् । त्यसलाई पर्यटकिय क्षेत्रकै रुपमा विकास गर्ने, थप क्षेत्र विस्तार गर्ने र आयआर्जनका लागि उपयोगमा ल्याउने गरी काम थालिएको छ ।

ताँमे टि प्रालिका अध्यक्ष तथा गोकुलगंगा गाउँपालिकाका पूर्व अध्यक्ष खड्गवहादुर सुनुवार भुजिडाडाँको चिया बगानलाई निखार ल्याउन लगातार ६ महिना देखि खटिरहेका छन् । ‘मेरो लगानी खासै हैन, तर यो ठाउँको चिया बगानलाई चिनाउन, पर्यटकिय क्षेत्रको विकास गर्न, बाँझो जग्गाको उपयोग गर्न र केहि आयआर्जनमा सहयोग पुगोस भनेर लागेको छु ’ सुनुवारले भने – १२ बर्ष त्यतिकै बसियो, अव केहि होला कि ।

रस्नालुको चिया उत्पादनका लागि प्रालिले झण्डै ११ लाख खर्चेर चीन बाट हालसालै प्रशोधन मेसिन ल्याएको छ । मेसिनबाट रस्नालुको चिया प्रशोधन थालिएको मात्र हैन, लगानीकर्ताले सेवन पनि गरीसके । ‘असाध्यै राम्रो गुणस्तरको चिया निस्केको छ’ सुनुवार भन्छन् – यो चिया स्थानीय बजारमा भन्दा पनि विदेशमा पठाउन सके बढी आयआर्जन हुनसक्छ । चिया टिप्ने बेला सकिएपछि मेसिन आईपुगेकाले यो बर्ष त्यति धेरै उत्पादन हुने अवस्था छैन् अध्यक्ष सुनुवार भन्छन् – चिया हुर्किसकेको थियो, ढिला भयो , साथिहरु अहिले फाड्दैपो छन् । अर्को सिजनमा मज्जाले तीनपाते मुना टिपेर स्पेशल चिया बनाउने योजना सुनुवारले सुनाए ।

झण्डै २ हजार मिटर उचाईमा रहेको भुजिडाडाँ हावापानीका हिसावले अति राम्रो मानिन्छ । उत्तर फर्केको पाखो रसिलो जमिनमा चिया राम्रो सप्रेका पनि छन् । अहिले सम्म चीया बगानका लागि १ करोड २० लाख जति खर्च भइसकेको । उक्त लगानीले करिव १ सय ५० रोपनी क्षेत्रफलमा चिया हुर्केको छ भने एउटा सानो मेसिन जुटेको छ । अव चिया बगानको क्षेत्रलाई कम्तिमा पनि १ हजार रोपनीमा फैलाउने लक्ष्य रहेको सुनुवारले वताए ।

रस्नालुमा उत्पादन हुने चिया सबै अर्थोडक्स हो । स्थानीय बजारमा प्रति केजि १ हजार ५ सय भन्दा थोरै मोलमा बेच्न नसकिने खालको उक्त चिया विदेश पठाउन सके कम्तीमा पनि केजिको ४ हजार जति आउने आशा सुनुवारको छ ।

हावापानी, माटो, सिंचाई, सडक र विजुली लगाएतका पूर्वाधार चियाका लागि उपयुक्त रहेकोले खेति विस्तारको प्रचुर संभावना रहेको छ । चिया बगानमा काम गर्ने कामदारको अभाव पनि हाल झेल्नु परेको छैन् ।

रामेछापको उमाकुण्डको बाम्ती र मन्थली नगरपालिकाको भोटनाघी डाडाँमा पनि केहि बर्ष अघी देखि व्यवसायीक रुपमा चिया खेति हुदै आएको छ । बाम्ती र भोटनाघी दुवैमा अर्थोडक्स चिया उत्पादन हुने गरेका छन् । वाम्तीको चिया युरोपका विभिन्न देशमा पुग्ने गरेको छ । तर भोटनाघीको भने बाह्य बजारमा पुगेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले