बोधिचित्तका विरुवा लिन सर्वसाधारणको भीड, नपाउनेहरु आक्रोशित
5 महीना पहिले प्रकाशित
रामेछाप । गाउँपालिकाले बहुमुल्य वृक्ष बोधिचित्तको विरुवा निशूल्क वितरण गर्ने भएपछि बिहिबार र शुक्रबार खाँडादेवि गाउँपालिकाको कृषि शाखा भवनमा स्थानीय बासिन्दाको भीड लागेको छ । विरुवा लिन आएका कतिपय किसानहरुले विरुवा नपाएपछि पालिकामा आक्रोश व्यक्त गरेका छन् । नागरिकहरुले कसैलाई दोहोरो दिएको र कसैले नपाएको गुनासो गरे ।
गाउँपालिकाले हरेक परिवारलाई २ वटा बोधिचित्तको विरुवा निशूल्क दिने योजना अघी सारेर सर्वसाधारण लाई विरुवा लैजान आग्रह गरेको थियो । सूचना पाएपछि विरुवा लिन पालिकाको कृषि शाखामा सर्वसाधारणहरु ओईरिएका थिए । झण्डै १ हजार ५ सय विरुवा ल्याएको पालिकाले किसानको माग धान्न सकेन । फेरी विरुवा आउने नआउने बारेमा पालिकाले कुनै जानकारी दिएको छैन् । कृषि प्राविधिक विजय श्रेष्ठले अत्याधिक माग भएका कारण विरुवा पु–याउन कठिनाई भएकोले फेरी माग संकलन हुन सक्ने वताए । विरुवा बाह्य जिल्लाबाट ल्याइएको उनले वताए ।
एक नागरिकता दुई विरुवाको नारा अघी सारेको गाउँपालिकामा घरको काम छोडेर विरुवा लिन आएका दर्जनौ किसानहरु खालि हात फर्केका छन् । पालिका रहेको आसपाका किसानले बढी लाभ लिएको र टाढाकाले लिन नपाएको गुनासो उनीहरुको छ ।
बौद्ध धर्माबलम्बीहरुले मन्त्र जप्नका लागि प्रयोग गर्ने माला लगाएतमा बोधिचित्तको दाना प्रयोग गर्ने गर्दछन् । १ सय ८ दाना बोधिचित्तको दानाले बनाएकोे माला मुठि भित्र अट्यो भने त्यसको भाउ उच्च आउने विश्वास मानिन्छ । जति सानो दाना भयो उत्ति धेरै मूल्य पाउने भएकाले बोधिचित्तको खेति विस्तार गर्ने अभियान केहि बर्ष देखि रामेछापमा चल्दै आएको छ ।
खाँडादेवि गाउँपालिकाको मझुवाका स्वर्गीय धनवहादुर लामाले काभ्रेको तिमालबाट लगेको बोधिचित्तको विरुवाले एकै बर्षमा ७० लाख सम्म कमाएपछि बोधिचित्त लगाउनेहरु ह्वात्तै बढेका हुन् । मझुवा, भिरपानी, राकाथुम, बेथान, खनियापानी, हिलेदेवि, दिमीपोखरी, माकादुम, पकरवास, सुकाजोर लगाएतका क्षेत्रमा अहिले बोधिचित्त लगाउने किसानहरुले लाखौं आर्जन गर्दै आएका छन् । सानो फलिदियो भने एउटै रुखको कमाई बर्षको ५० लाख भन्दा बढी हुने भएकाले बोधिचित्तको विरुवा लगाउन सर्वसाधारणहरु हौसिएका हुन् ।
खाँडादेविको मझुवामा साविकको गाविसले पनि हरेक घरमा बोधिचित्तको विरुवा लगाउन विरुवामा अनुदान दिएको थियो । त्यसबेला लगाएका विरुवाहरु उत्पादन दिन थालेका छन् । लगाएको ३ बर्ष देखि फल्न थाल्ने बोधिचित्त हरेक बर्ष दुई पटक टिप्न मिल्ने किसानहरु वताउछन् । तर मूख्य उत्पादनको सिजन भने जेठ असार हो ।
बोधिचित्तको दानाको व्यापारलाई कुनै वजार सम्म पुग्नु पर्दैन । काठमाडौं जोरपाटी बौद्ध तिरका व्यवसायीहरु किसानहरु रुख रुखमा मोलमोलाई गर्न पुग्ने गर्दछन् । धेरै पैसा आउने भएकाले उत्पादक किसानहरु सुरक्षाको चुनौ िझेल्न थालेका छन् । गत बर्ष मात्र काभ्रेमा साँढे ३ करोड मोलिएको बोधिचित्तको रुख व्यवसायी व्यवसायीको कुरा नमिल्दा काटिएको र गोली चलेको घटना सार्वजनिक भएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
