रामेछापको गागलमा मेवा प्रशोधन उद्योग
6 महीना पहिले प्रकाशित
रामेछाप – पश्चिमी रामेछापको गागलमा मेवाको जुस प्रशोधनको लागि उद्योग स्थापना भएको छ । उद्योगको बागमति प्रदेश सभाका सदस्य युवराज चौलागाईले आईतबार सुभारम्भ गरेका छन् ।
खाँडादेवि ८ गागलभदौरेमा मेवाको जुस बनाउने उद्योग स्थापना भएपछि स्थानीयले बासिन्दाले परम्परागत खाद्यान्न बालिको साटो मेवा खेति गरेर मनग्ये आम्दानी सक्ने भएका छन् । घरगाउँमै मेवाको जुस बनाउने उद्योग स्थापना भएकोमा खुसी छौ स्थानीय राजकुमार तामाङ भन्छन् – अव मेवाको खेति विस्तारमा ध्यान जानेछ ।
केहि बर्ष अघी देखि गागलका जनक तामाङले थालेको मेवा खेतिमा राम्रो आम्दानी लिन थालेपछि उनकै पहलमा उद्योग स्थापना भएको हो । उद्योगले एकै घण्टामा ५ सय ५० केजि मेवालाई जुसमा परिणत गर्न सक्ने क्षमता राख्छ । झण्डै १ करोड ४ लाख ८१ हजारको लागतमा स्थापना भएको उद्योगका लागि कृषि तथा पशुपंक्षि मन्त्रालय अन्तरगतको ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना पाख्रिबासले झण्डै ४० लाख अनुदान उपलव्ध गराएको छ । अनुदान सहयोगमा उद्योगको भवन निर्माण, मेसिन औजार खरिद र जडान, मेवा खेति विस्तार र थोपा सिंचाई कार्यक्रम संचालन भएका हुन् । उक्त अनुदान रकम खर्चको सार्वजनिकिकरण पनि आईतबारनै गरिएको छ ।
बैदेशिक रोगगारीमा दक्षिण कोरीया गएका तामाङले स्वदेश फर्केपछि गागलमै रहेको आफ्नै जग्गामा मेवा खेति सुरु गरेका हुन् । मेवाबाट राम्रो आम्दानी भएपछि उनले अरुको जग्गा लिजमा लिएर मेवा विस्तार गरे । ‘अव खेति विस्तार र फल बेचेर मात्र हुदैन भन्ने सोच आएरनै जुस उत्पादनको सोच बनाएको हुँ ’ तामाङ भन्छन् – गाउँमै उद्योग भएपछि मेवाको फल टिपेर ढुवानी गरी काठमाडौं सम्म लैजानु पर्ने, विचमा नास हुने र प्रयाप्त बजार भाउ समेत नआउने समस्या हटेर गएको छ । फल भन्दा दुई गुणा भन्दा बढी जुसको भाउ आउने भएकाले स्थानीय किसानलाई मेवा खरिदमा समेत राम्रो भाउ दिन सक्ने उनले वताए ।
तामाङले केहि बर्ष देखि गागलमा उत्पादन भएको मेवा काठमाडौंको कुलेश्वर पु¥याएर विक्री गर्थे । तर अव गागलमा अन्य जिल्लामा फलेको मेवा पनि आईपुग्ने अवस्था आएको छ । उनको नेतृत्वमा स्थापना भएको टिएमजि एग्रो समूहले सिन्धुली, उदयपुर, लगाएतका जिल्लामा मेवा खेति विस्तारका लागि काम गर्दैछ । कम्तिमा १० जिल्लामा मेवा खेति अभियान विस्तार गर्ने र उक्त जिल्लामा उत्पादन भएको मेवालाई गागलमा ल्याएर प्रशोधन गरी जुस बनाउने योजना उनको छ । मेवाको जुस स्वास्थ्यका हिसावले उत्तम मानिन्छ । फलको राजा भनेर लिईने मेवाको जुस सेवन सवै प्रकारका रोगीले गर्न सक्छन् । बालबच्चा देखि वृद्धबृद्धा सम्मले उक्त जुस मन पराउने हुदाँ जुसको बजार बढेर जाने तामाङले वताए ।
तामाङले अघी सारेको योजना अनुसार गागलमा स्थापित उद्योगले बार्षिक भण्डै ३८ हजार केजि मेवा गागलमानै उत्पादन गर्ने छ । त्यसको पचास प्रतिशत फल विक्री गर्ने र बाँकी ५० प्रतिशत जुस बनाएर बजारमा लैजाने योजना उद्योगको छ । उक्त अभियान अन्तरगत बार्षिक १ लाख ४१ हजार ७ सय ५० लिटर जुस बाह्य वजारमा लैजाने र त्यसबााट १ करोड ७० लाख भन्दा धेरै आर्जन गर्ने योजना छ । जुसलाई प्रति लिटर १ सय २० रुपैयाँमा वजारमा पु¥याउने लक्ष्य रहेको तामाङले वताएका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
