+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

माटोको भाडाँ बनाउने एक्ला साक्षि

1 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – रामेछाप नगरपालिका ३ को बाँकीमेरीका पदमवहादुर प्रधानले माटोको भाडा बनाउने चर्खा घुमाउन छोडेको झण्डै २० बर्ष पुग्यो । हात चल्दै चर्खा थन्क्याएका प्रधानलाई भाडा बनाउने कला अलिअलि मात्र स्मृतिमा छ । सवै विर्सियो अव त्यति बेला के गरियो के ? प्रधान भन्छन् – अहिले अरुले सुनाउदा पो ति दिनहरु कथा जस्तो लाग्छ । प्रधानले चलाएको चक्रको चिनो चपेटो पनि अव बाँकी छैन् ।

साँघुटार भन्दा माथिको डाडाँमा रहेको बाँकीमेरीमा बसोवास गर्ने प्रधानहरु माटाका भाडा बनाउने काम गर्थे । गाउँमा ५÷६ वटा चर्खा चल्थ्यो । माटाका भाँडा बनाउनका लागि हिउँदभर चटारो हुन्थ्यो । हिउँदमा बनाएको भाडाँ हिउँदमै विक्री हुन्थे । भएनन् भने बर्षायाममा बेचेर सकिन्थ्यो ।

‘अहिलेको जस्तो अनेकका प्लाष्टिक र सिलभर जस्ता हलुका भाँडाको प्रयोग थिएन् त्यसबेला’ प्रधान भन्छन् – भाडाँ भनेकै कि माटोको कि तामा र पित्तल । माटोको भाडाँमा राखेको पानी खाँदा चिसो हुन्छ भन्ने गर्थे । अहिलेको जस्तो बोटल र फ्रिजको चलन थिएन । तामा र पित्तलको गाग्री सवैको पहँुचमा थिएनन् त्यसैले धेरैको भर माटाकै भाडाँमा हुन्थ्यो । पानी बोक्ने गाग्रो मात्र हैन, संकलनका लागि घ्याम्पा, जाँड बनाउने भाडाँ, मकै भुट्ने हाँडि, धुपौरो, आरी, मकल घैंटो लगाएतका भाडाँ बनाउन स्थानीय प्रधानहरु सिपालु थिए ।

प्रधानका अनुसार बाँकीमेरीमा माटो पाईदैनथ्यो । भाडाँ बनाउनका लागि राम्रो लिसाईलो रातो माटोको खोजिमा स्थानीयहरु झण्डै साँघुटार बजार नजिक पुग्थे । त्याहाँबाट माटो बोकेर बाँकीमेरी आउन झण्डै विहान वित्थ्यो । गाउँमा बोकेर ल्याएको माटोलाई कुटेर सिसाईलो संग मुछ्दै मुङ्ग्राले कुट्थे, अनि चर्खामा हालेर सामानको आकार दिन्थे ।

‘सवैसंग सिप थिएन’ झण्डै ८० बर्ष लागेका पदमवहादुर विस्मृतिको पोको फुकाउदै भन्छन् – कोहि माटो बोक्थे, कोहि कुट्थे, कोहि भट्टमा पोल्नका लागि सल्लिपिर र झिक्रा ओसार्थे, शिप भएकाले भाडाँको आकार दिन्थे । सिप भएका ८÷१० जना त्यहि काममा खटेका हुन्थे र लिखु नदीको आसपासमा माटोका भाँडाको आवश्यकता धान्थे ।

पदमवहादुरका बाबु भक्तवहादुर त्यहि काम गर्थे । ‘बुबाले गरेर त जानेको नि ’ पदमवहादुर भन्छन् – बाजेले के गरे थाहा भएन । भाडाँको आकार दिन काविल मानिएकै कारण पदमवहादुरलाई पेशा गरुन्जेल कसरी व्यवहार धानु ? भन्ने भएन । ४ छोरा र ५ छोराछोरी हुर्काउने बढाउने र थोरै भएपनि पढाउनका लागि त्यहि पेशाले पु¥यायो । अहिले अरु लाखापाखा लागे, पदमवहादुरका जोडि घर रुघ्दै छन् ।

माटोको भाडाँ बनाउदा भन्दा पनि विक्री गर्दाका रमाईला घटना उनले कहिल्यै भुल्दैनन् । एकपटक तयारी भाडाँ डोकोभरी बोकेर विक्रीका लागि जादै थिए । रानीटारमा पुगेपछि विसाए र टुसुक्क के बसेका थिए, हावाले डोको भुईमा बजा¥यो । ‘थुक्क भन्दै जुरुक्क उठेर हेर्दा डोकोभरका भाँडा धुजा भएछन्, पिँधमा एउटा घैंटो बचेंछ, त्यसलाई पनि त्यहिँ बजारेर फुटाएँ र रित्तो डोको लिएर फर्के’ प्रधानले भने ।

बाँकीमेरीमा भाँडा बनाउन सवै जान्दैनथे । जो जान्दैनथे, पदमवहादुरकोमा भाडाँको काम खोज्न आउथे । उनले आउने जतिलाई भाँडा बोकाएर गाउँमा विक्री गर्ने काममा सहयोगी बनाउथे । एक पटकमा ५÷६ जनाको हुल बाँधेर भाडाँ बोकेर गाउँगाउँमा भाँडा बिक्री गर्न जान्थे ।

भाँडा बोक्न पाउँ भनेर पदमवहादुरकोमा आउने पनि लाईन नै हुन्थ्यो । ‘म बोक्न पाउँ भन्थे, गाउँमा पैसा हुदैनथ्यो सवैको दुख्ख हुन्थ्यो’ प्रधान भन्छन् – भाडाँ बोकेर जानेले आधि पाउथें , त्यहि लोभमा झुत्तिन्थे । साँघुटारको बाँकीमेरीमा बनेका भाडाँ बोकेर उत्तरी रामेछापको भूजी, ओखलढुङ्गाको खिजी सम्म पुग्थे । ५÷६ दिनमा फर्कन्थे ।

माटोको भाडाँ पैसामा धेरै विक्दैनथे । जादाँ डोकोभरी भाडाँ लिएर जानेले आउदाँ अन्न लिएर फर्कन्थ्यो । ‘एउटा गाग्रो बेच्दा १ पाथि देखि १० माना सम्म धान मकै दिन्थे ’ प्रधान भन्छन् – पैसामा भए ५ रुपैया सम्म आउथ्यो । अन्न बोकेर फर्केपछि भाँडा बोक्नेले अधियाँ लैजान्थे, बाँकी अन्न भाडाँ बनाउनेको हुन्थ्यो ।

बाँकीमैरीका बासिन्दाको बेसि खेत थोरैको मात्र छ । धेरैको पाखो जग्गा । आफ्नो जग्गाको कमाईले खान नपुग्ने परिवारले त्यहि भाडाँ बेचेको पैसाले परिवार धान्थे । खानको प्राय सवैलाई दुख्ख थियो । तर भाडाँको व्यापार चलुन्जेल गाउँको भकारीमा धान टुटदैनथ्यो । प्रधान भन्छन् – हाम्रो समाजमा भाडाँको कुरा बताउने पनि अव कोहि बाँकी छैनन्, म मात्र छु, ८० भैसकेँ धन्न कुरा गर्न भ्याउनुभयो , अर्को साल के हुन्छ कुन्नी ? ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुनचाँदी व्यवसायीद्धारा कर कार्यालयमा धर्ना

रामेछाप- सरकारले हिरा तथा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट र सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेजीको माग गर्द..

1 घन्टा पहिले

विश्व भलिबल दिवसमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता

रामेछाप- विश्व भलिवल दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्ला भलिबल खेलकुद सङ्घ रा..

1 घन्टा पहिले

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।

साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..

2 दिन पहिले

शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना

रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..

3 दिन पहिले

सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..

रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..

3 दिन पहिले