+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

अधिकांश भुकम्प प्रतिरोधि घर खाली

7 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
(हिलेदेवि) रामेछाप – भुकम्पबाट घर भत्केका पिडितहरुलाइ सुरक्षित आवास निर्माण गर्न सरकारले अर्बौ लगानी गरेको छ । तर कयौं पिडितहरुले वनाएका घरमा वसोवास छैन , रित्तै छन । यस कार्यले फेरी भुकम्प आउदा नागरिकलाइ सुरक्षित वनाउने अभियानमा खोट लागेको छ ।

खांडादेवि गाउंपालिकाको चोप्रांग क्षेत्रमा चिटिक्क परेका भुकम्प प्रतिरोधि भवन बर्षाै देखि अलपत्र छन । प्राविधिकलाइ निरीक्षण गराइ किस्ता झिके पछि त्यस्ता घरमा बांकी रहेका काम समेत गरिएको छैन । पिडितहरु पुरानै चर्किएको घरमा वसोवास गर्दै आएका छन । घरको छाना छाउने भाग सम्मको गाह्रो पु¥याएपछि प्राविधिकहरुले दोश्रो निरीक्षण गरी तेश्रो किस्ताका लागि सिफारीस गर्छन । तेश्रो किस्ता झिकेपछि फेरी पैसा आउदैन , त्यसैले किस्ता झिकेपछि अधिंकाश घरहरु अलपत्र छाडिएका हुन ।

पुरानो घर सद्धे भएकाले त्यसैमा वसोवास रहेको वताउनेहरु गाउंमा धेरै छन । खांडादेविका ओमप्रकाश तामाङ भन्छन – सुरक्षित आवास वनाउनेलाइ त्यस्ता घरमा बसोवासका लागि अभिमुुखिकरणको जरुरी छ । उनले भने – पुननिर्माण भएका सुरक्षित घरमा बसोवास गराउन भन्दा पनि पैसा दिलाउने काममा मात्र अगुवा लागेकाले निर्माण भएका घर अलपत्र रहेका उनले वताए ।

पुरानो घरमा वसोवास गर्नेले पुननिर्माण गरिएको घरको काम सकेपनि वसोवासलाइ प्राथमिकता दिएका छैनन । साना घर वनाउनेहरुले त्यसको प्रयोग गरेका छैनन, अव सवैको चासो सुरक्षित वासमा वस्नुपर्छ भनेर सरकारले अभियान संचालन गर्नुपर्नेमा सुनापतिका मेघवहादुर थापामगरले जोड दिए ।

परिवार संख्या ठुलो भएपनि सानो घर वनाएका अधिकांशले उक्त घरमा गुजारा नचल्ने जनाएका छन । खांडादेविका माइलि तामाङ भन्छिन – पास भइहाल्छ भनेर सानो घर वनाइयो, आफु त पुरानैमा वसीरहेका छौं, सानो घरले गुजारै चल्दैन । सरकारले २०७२ को भुकम्प पछि साना घरको नक्शा सार्वजनिक गरेकाले गाउंमा त्यस्तै घर निर्माण गर्ने लहर चलेको हो । सरकारले दिएको अनुदान जोगाउनका लागि पनि कतिपयले सानो भन्दा सानो घर वनाएका छन । जवकि उनिहरुलाइ भुकम्प बाट सुरक्षित हुन ति साना घरले पुग्दैन । नौ जनाको परिवार भएका पिडितले पनि १ कोठे घर हालेका छन् । जुन अनुदान लिन बाहेक अन्य काममा प्रयोग हुनै सकेनन् ।

रामेछापमा झण्डै ५८ हजारको संख्यामा भुकम्पबाट भत्किएका निजी घर पुननिर्माण भएका छन । ति मध्ये अधिकांश २ कोठे छन । कोठाको सख्या धेरै वनाउदा पनि भुकम्प प्रतिरोधि घर वनाउन सकिन्छ भन्ने कुराको सूचना कतिपयलाइ नहुदा लहैलहैमा लागेर साना घर वनेका हुन । अधिकांश गाउंमा अभुकम्प प्रतिरोधि घर भनेकै एक वा दुइ कोठे घर हुन भन्ने मान्यताले काम गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले