टीकाप्रसाद भट्ट
(हिलेदेवि) रामेछाप – भुकम्पबाट घर भत्केका पिडितहरुलाइ सुरक्षित आवास निर्माण गर्न सरकारले अर्बौ लगानी गरेको छ । तर कयौं पिडितहरुले वनाएका घरमा वसोवास छैन , रित्तै छन । यस कार्यले फेरी भुकम्प आउदा नागरिकलाइ सुरक्षित वनाउने अभियानमा खोट लागेको छ ।
खांडादेवि गाउंपालिकाको चोप्रांग क्षेत्रमा चिटिक्क परेका भुकम्प प्रतिरोधि भवन बर्षाै देखि अलपत्र छन । प्राविधिकलाइ निरीक्षण गराइ किस्ता झिके पछि त्यस्ता घरमा बांकी रहेका काम समेत गरिएको छैन । पिडितहरु पुरानै चर्किएको घरमा वसोवास गर्दै आएका छन । घरको छाना छाउने भाग सम्मको गाह्रो पु¥याएपछि प्राविधिकहरुले दोश्रो निरीक्षण गरी तेश्रो किस्ताका लागि सिफारीस गर्छन । तेश्रो किस्ता झिकेपछि फेरी पैसा आउदैन , त्यसैले किस्ता झिकेपछि अधिंकाश घरहरु अलपत्र छाडिएका हुन ।
पुरानो घर सद्धे भएकाले त्यसैमा वसोवास रहेको वताउनेहरु गाउंमा धेरै छन । खांडादेविका ओमप्रकाश तामाङ भन्छन – सुरक्षित आवास वनाउनेलाइ त्यस्ता घरमा बसोवासका लागि अभिमुुखिकरणको जरुरी छ । उनले भने – पुननिर्माण भएका सुरक्षित घरमा बसोवास गराउन भन्दा पनि पैसा दिलाउने काममा मात्र अगुवा लागेकाले निर्माण भएका घर अलपत्र रहेका उनले वताए ।
पुरानो घरमा वसोवास गर्नेले पुननिर्माण गरिएको घरको काम सकेपनि वसोवासलाइ प्राथमिकता दिएका छैनन । साना घर वनाउनेहरुले त्यसको प्रयोग गरेका छैनन, अव सवैको चासो सुरक्षित वासमा वस्नुपर्छ भनेर सरकारले अभियान संचालन गर्नुपर्नेमा सुनापतिका मेघवहादुर थापामगरले जोड दिए ।
परिवार संख्या ठुलो भएपनि सानो घर वनाएका अधिकांशले उक्त घरमा गुजारा नचल्ने जनाएका छन । खांडादेविका माइलि तामाङ भन्छिन – पास भइहाल्छ भनेर सानो घर वनाइयो, आफु त पुरानैमा वसीरहेका छौं, सानो घरले गुजारै चल्दैन । सरकारले २०७२ को भुकम्प पछि साना घरको नक्शा सार्वजनिक गरेकाले गाउंमा त्यस्तै घर निर्माण गर्ने लहर चलेको हो । सरकारले दिएको अनुदान जोगाउनका लागि पनि कतिपयले सानो भन्दा सानो घर वनाएका छन । जवकि उनिहरुलाइ भुकम्प बाट सुरक्षित हुन ति साना घरले पुग्दैन । नौ जनाको परिवार भएका पिडितले पनि १ कोठे घर हालेका छन् । जुन अनुदान लिन बाहेक अन्य काममा प्रयोग हुनै सकेनन् ।
रामेछापमा झण्डै ५८ हजारको संख्यामा भुकम्पबाट भत्किएका निजी घर पुननिर्माण भएका छन । ति मध्ये अधिकांश २ कोठे छन । कोठाको सख्या धेरै वनाउदा पनि भुकम्प प्रतिरोधि घर वनाउन सकिन्छ भन्ने कुराको सूचना कतिपयलाइ नहुदा लहैलहैमा लागेर साना घर वनेका हुन । अधिकांश गाउंमा अभुकम्प प्रतिरोधि घर भनेकै एक वा दुइ कोठे घर हुन भन्ने मान्यताले काम गरेको पाइन्छ ।
