चुथ्राे अलपत्र किसानले पैसा पाएनन
3 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी क्षेत्रका बासिन्दाले काटेर राखेका सयौं ट्रक चुथ्रो अलपत्र परेको छ ।
नेपालगंजमा रहेको कम्पनीले यसअघी लगेको चुथ्रोको भुक्तानी रोकेकोले रामेछापमा संकलन गर्ने व्यवसायीले चुथ्रो नउठाएका हुन् । ‘मैले यो बर्ष ४३ ट्रक (चारसय टन भन्दा बढी ) चुथ्रो नेपालगंज पु¥याए’ गोकुलगंगा ३ रस्नालुका व्यवसायी गणेशवहादुर तामाङ भन्छन् – कम्पनीबाट पहिलेकै पैसा बाँकी रहेकोले चुथ्रो उठाउन छोडेको हुँ । उनका अनुसार अहिले पनि रामेछापको उमाकुण्ड र गोकुलगंगाको निजी जङ्गल र बारी कान्लाबाट काटिएका सयौं ट्रक चुथ्रो अलपत्र छ ।
नेपालगंजको कम्पनीले चुथ्रो किनेर के बनाउने ? भन्ने कुरा स्थानीय व्यवसायीहरुलाई थाहा छैन् । कसैले औषधि त कसैले रङ्ग बनाउने भन्ने गरेका छन् । बजारमा माग भएकाले तामाङले अरु व्यवसायी संग प्रतिस्पर्धा गर्दै थुप्रो उठाएको तर कम्पनीबाट पैसा लिन बाँकी रहेकोले संकटमा परेको वताए । रामेछाप र दोलखामा गरेर चुथ्रो लैजाने व्यवसायी मात्र ८–१० जना छन् । ति मध्ये दोलखाका ३ र अरु रामेछापका हुन् ।
मैले किसानलाई केजीको ८ रुपैँया दिदाँ अर्कोले १० रुपैयाँ सम्म हाल्ने होडबाजीले गर्दा चुथ्रो व्यवसायमा प्रतिस्पर्धा बढेको तामाङको गुनासो छ । ‘यता किसानलाई बढी भाउ दिएर किन्यो, उता कम्पनीले पैसा रोक्दा त मारमा पो परिने’ तामाङ भन्छन् – मेरै २० लाख रुपैयाँ कम्पनीले दिन बाँकी छ ।
निजी जंगल र आवादी जग्गामा रहेको चुथ्रो मात्र हैन् त्यसको जरा बेचेर स्थानीयले मनग्यै आम्दानी गरेका छन् । चुथ्रोको दाउरा केजिको १० रुपैयाँ सम्म विक्री गर्ने किसानले जराको अझ राम्रो पैसा पाउछन् । जराको प्रति केजि १६ रुपैयाँ सम्म आउने उनले वताए । किसानबाट सस्तोमा किनेर कर र ढुवानी जोडेर नेपालजंग पुगेको चुथ्रोबाट व्यवसायीले प्रति केजि २८ देखि ३० रुपैयाँ सम्म पाउने गर्छन् ।
केहि बर्ष अघी सम्म चुथ्रो काटेर चोईटा बनाएर पछि मात्र व्यवसायीले उठाउथे । तर अहिले त्यस्तो छैन् । काटेर ठिक्क पारेका दाउरानै जोखेर व्यवसायीले लैजाने गरेका छन् । ३ ईन्च गोलाई भएको दाउरा बढी रोजाईमा पर्ने गरेको छ । त्यस भन्दा मसिनो चाँहि त्यति वजारमा जाने गरेको छैन् । नेपालगंज पु¥याएपछि उसैले चोईटा बनाएर भारत तिर पठाउने गरेको तामाङले वताए ।
रामेछापबाट दशौं बर्ष अघी देखि तामाङले चुथ्रोको व्यवसाय गरेका हुन् । प्रतिस्पर्धा बढेकाले पहिले जस्तो नाफा नबस्ने उनले वताए । किसानलाई भुक्तानी, नेपालगंज सम्मको गाडिभाडा, बन कार्यालय र स्थानीय पालिकामा तिर्नुपर्ने राजश्वका कारण धेरै पैसा नबच्ने उनको भनाई छ । तर गत बर्ष मात्र उनले झण्डै ५–७ लाख यहि पेसाबाट आर्जन गरेको सुनाए ।
पहिले यहि चुथ्रो विक्री गर्दा अझ राम्रो आम्दानी गरेको थियो । उनका अनुसार किसानले यो भन्दा सस्तो मोलमा दिन्थे उता कम्पनीले चाँहि प्रति केजी ५० रुपैयाँ सम्म दिन्थ्यो । विचको भाडा र कर कटाएपछि सवै नाफा थियो । तर अहिले कम्पनीलेनै ३० रुपैयाँ केजि भन्दा दिदैन् । ‘व्यवसाय चौपट भयो ’ तामाङ भन्छन् – कम्पनीले २० लाख दिएको छैन्, यता अझै आधा जस्तो चुथ्रो बारी कान्लामा अलपत्र छ, ।
आफ्नो जग्गामा रहेको चुथ्रो काटेर दाउरा बनाउने स्थानीय बासिन्दाले पनि पैसा पाएका छैनन् । उठाउन बाँकी त परै जावस, नेपालगंज पुगेको चुथ्रोको पैसा पनि किसानले नपाएपछि स्थानीय व्यवसायी दोहोरो मारमा छन् । ‘यता पैसा पैसा भनेर कराउन लागेका छन् उता बाँकी पैसा दिएको छैन्, त्यहि ल्याएर त दिने हो ’ तामाङले सुनाए । चुथ्रो दिने किसानहरु मध्ये केहिलाई १ लाख रुपैयाँ भन्दा बढी पैसा भुक्तानी गर्न बाँकी रहेको छ ।
रामेछापको उमाकुण्ड, गोकलगंगा र दोरम्बा शैलुङ क्षेत्रमा चुथ्रो धेरै उल्लेख्य मात्रामा पाईन्छ । पहिले गोठालाहरुको चुथ्रोको फल खाजाको रुपमा खाने गरेका थिए । तर अव यसबाट मनग्यै आम्दानी समेत गर्न थालेका छन् ।
कमेन्ट गर्नुहोस्

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको अनुरोध
रामेछाप-जिल्ला प्रशासन कार्यालय रामेछापले नदी तटीय क्षेत्रमा वसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरे..
2 दिन पहिले
सुनचाँदी व्यवसायीद्धारा कर कार्यालयमा धर्ना
रामेछाप- सरकारले हिरा तथा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट र सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेजीको माग गर्द..
2 दिन पहिले
विश्व भलिबल दिवसमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता
रामेछाप- विश्व भलिवल दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्ला भलिबल खेलकुद सङ्घ रा..
2 दिन पहिले
थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
4 दिन पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
5 दिन पहिले
संवाददाता
संवाददाता

