एकै थलोमा बसेर बीस बर्ष पढाएका पौडेलले लिए बिदाई
7 दिन पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । बीस बर्ष पढाएको सैपुको शहीद स्मृति आधारभुत विद्यालय र त्यस भित्र पनि एउटै कोठामा कक्षा र ओछ्यान बनाएका लिखु तामाकोशी २ सैपुका गंगाप्रसाद पौडेल अव पढाउने भूमिकामा स्कुलमा देखिने छैनन् ।
स्कुलको एउटा कोठा उनका लागि एउटा सिङ्गै घर थियो, स्कुलको कक्षा कोठा थियो, भान्सा थियो अनि सौचालय पनि त्यहि थियो । असक्त शरिर भएका पौडेलले बढो कष्ट सहेर त्यहि कोठामा २० बर्ष विताए, अनि त्यहिबाट विदा भए । ‘मेरो त्यहि घर, भान्सा, सौचालय र कक्षा कोठा छोडेर बोकिएर घर आएको छ’ु पौडेलले भने – अव अस्पताल नजिकै वसेर बाँकी जिवन गुजार्ने मनसाय राखेको छु ।
गंगाप्रसाद पौडेल जन्मजात अपाङ्ग थिएनन् । माओवादी सशस्त्र विद्रोहका कारण उनको जिवन नरक जस्तै एकै थलोमा वस्ने बनेको हो । युद्धका क्रममा एम्बुसमा परेर कम्बर भन्दा मुनिको भाग नचल्ने र एउटा हातले भर नदिने बन्न पुगेका पौडेल – अशक्तै अवस्थामा स्कुल पसेका थिए, फर्कदा त्यस्तै मात्र पनि हैन, बुढ्यौलीका कारण थप रोग लिएर घर फर्के । अहिले पौडेल उच्च मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, पायल्स लगाएतका समस्याबाट थप रोगी बनेका छन् ।
२०५९ साल कार्तिक २८ गते अरनिको यातायातको बस चढेर काठमाडौं जादै गर्दा दोलखाको हलहले खोलाको पुलमा माओवादीले थापेको एम्बुसमा बस प¥यो । केहि मरे, केहि घाईते भए । पौडेल गम्भिर घाईते अवस्थामा उद्धार गरेर उपचारका लागि चरिकोट ल्याईए, त्याहा उपचार नभएपछि सैनिक हेलिकप्टरमा काठमाडौं लगियो, महिनौं उपचार भयो, तर एम्बुस विष्पोटका कारण गुमेको उनको कम्बर भन्दा मुनीको भाग पहिलेको अवस्थामा फर्किएन , शरिरको आधा भाग गुम्यो ।
दुर्घटनामा पर्दा गंगाप्रसाद शिक्षक थिएनन् । २०५१ सालमा स्थायी शिक्षकको लागि परिक्षा दिएका उनलाई भगवानले एकै थलोमा बसेर भएपनि पढाएर खा भनेर होला २०६१ सालमा निस्केको रिजष्टमा उर्तिण गराईदियो । त्यति भएपछि उनले जिवन बाँच्ने साहारा भेटे । बुढी आमा, श्रीमति सुशिला देवि, १ छोरा, २ छोरीको परिवारलाई माष्टरी पेशाबाट आउने पैसाले ठुलो भरथेग ग¥यो । उच्च माविको कक्षा सम्म अध्ययन पुरा गरेका २ छोरीको विवाह गरीदिए, त्यतिनै अध्ययन गरेका छोरा सशस्त्र प्रहरीको सेवामा भर्ती भए ।
घर बाट डोकोमा बोकिएर स्कुल छिरेका गंगाप्रसाद फेरी घर फर्कन नसक्ने भएपछि विद्यालयले त्यहि बस्ने चाँजो मिलाईदियो । श्रीमति शुशिला देवि पनि सगैं स्कुल छिरीन । झण्डै २० मिनेटको घर देखि स्कुल सम्मको बाटो सायदै सुशिला भन्दा बढी हिड्ने कोहि छैनन् होला । विहान खाना खुवाएर, घर र बेलुका घरको काम सकेर फेरी श्रीमान लाई खाना खुवाउन र स्याहार गर्न स्कुल । शुसिलाले पुरै २० बर्ष यसरीनै विताईन ।
पौडेल जुन कोठामा वस्थे, विद्यार्थीहरु त्यहि पढन जान्थे । कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई उनले आफ्नै कोठामा पढाए । स्कुलको अर्को कक्षा कोठामा जान नसक्ने भएका कारण स्कुलले उनकै कोठामा विद्यार्थी पठाईदिन्थ्यो । आफु वरिपरी राखेर उनले बढीमा २५–३० जना सम्म विद्यार्थीलाई पढाए ।
शरिर आधा नचल्ने उनका हात भने अलि छिटो चल्थे । घोकाउदा पनि नजान्ने विद्यार्थीलाई उनले आफु बसेको स्थान भन्दा देब्रेपट्टी बोलाउथे । उनको देब्रे हात निकै कडा थियो, त्यहि कडा हातले उनले विद्यार्थीलाई तर्साउने काम गर्थे । थोरै नजान्नेलाई दाहिने तिर बोलाउथे । दाहिने हात त्यति भर नभएकाले हुदा त्यसले हिर्काएको पनि सांकेतिक मात्र हुन्थ्यो, थोरै काम विगार्नेलाई दाहिनेतर्फ बोलाएको कारण त्यहि हो । मैले कहिले काँहि भाक्क भुक्क पनि पारे पौडेल भन्छन् – तर अविभावकले मलाई कहिल्यै नराम्रो भनेनन्, मेहनत गरेर पढाउछ भनेर माया नै गरे ।
माओवादीले थापेको एम्बुसमा परेर आधा मरेका पौडेल नेपाल सरकरको द्वन्द पिडितको सूचिमा भने अटाएनन् । ‘म न द्वन्द पिडितको सूचिमा परें न राहत लिनेकोमा’ पौडेलले भने – राज्यले मलाई केहि दिएन, मैले लिएको भनेको स्थानीय स्वास्थ्य चौकीबाट १ बर्ष देखि निशूल्क औषधि हो, त्यस बाहेक १ रुपैंया पनि कसैले दिएनन्, लिएको छैन् । ‘राज्यले नङ फुत्किने, औंला छोटो हुनेलाई बोलाई बोलाई राहत दियो, मलाई द्वन्द पिडिको सूचिमा पनि राखेन ’ उनले गुनासो गरे ।
अपाङग पौडेललाई सैपु घर भएका पूर्व सांसद देवशङ्कर पौडेलले ह्वील चियर दिए । त्यसैको साहाराले उनी कहिले काँहि अध्यारो कक्षा कोठाबाट विद्यालयको खुल्ला आँगन सम्म निस्कन्थे । चिसो कक्षा कोठाबाट केहि बेर आँगनको पाहारिलो घाम ताप्थे । अनि फेरी ह्वील चियरमा गुड्दै कोठा पस्थे । स्कुल विदा भएपछि पाैडेल अरु कर्ममा रमाउथे । सारङ्गी रेट्ने उनकाे साैखनै थियाे । दुई वटा सारङ्गी उनकाे सिरानमै हुन्थे । सारङ्गीकाे मिठाे धुनमा उनि गुनगुनाउथे । कविता र गजलमा पनि पाैडेलकाे दखल थियाे । विहान नित्य कर्म सकेपछि त फेरी विद्यार्थी आईपुगिहाल्थे ।
२०२४ सालमा जन्मिएका पौडेलको जागिर खाने उमेर अझै बाँकी थियो । तर असक्तताको कारण उनले बाँकी जागिर खान सकेनन् । ‘साना केटाकेटिलाई मैरो गोप्यता छल्न सक्दा सम्म खाए, अव नसक्ने भए, त्यहि भएरनै जागिर छोडिदए’ पौडेलले शारिरीक बाध्यता सुनाए । ‘अव पेन्सनको भरमा पालिने विचार गरे ’ केहि दिनमा काठमाडौं जाने योजना बनाएका पौडेलले भने ।
पौडेलका अनुसार उनको दिसा पिसाव रोकिदैन् । ‘दिमागले पिसाव लाग्यो भन्ने सोच राख्ने वित्तिकै सुलुक्क आई हाल्छ ’ पौडेल भन्छन् – साना विद्यार्थीलाई बाहिर गएर ए वि सी डि लेखेर ल्याउ त , कसले राम्रो लेख्दो रहेछ भन्दै विद्यार्थीलाई छल गरेर कोठामा पिसाव फेर्थे । एउटा प्लाष्टिकको जग थियो, त्यसैमा पिसाव गरेर राख्थे पौडेल । ‘त्यसरी छलिन खोज्दा खोज्दै पनि २० बर्षको अवधिमा २ पटक विद्यार्थीले मेरो गोप्यअङ्गबाट पिसाव चुहिएको देखे’ पौडेल भन्छन् – अनेक गरेर जोगिन खोज्दा पनि सकिन ।
कमेन्ट गर्नुहोस्
तुँवालोले छेक्यो लुक्लाको उडान
रामेछाप । बाक्लो तुँवालोका कारण रामेछापबाट आज विहानै देखि लुक्लाका लागि उडान हुन सकेका छैनन् । लुक्लाका लागि आज ..
7 घन्टा पहिले
सार्वजनिक सडक बिक्री हुन्छन् रामेछापमा
टीकाप्रसाद भट्ट रामेछाप । सडक निर्माण भएको जमिनलाई नापी नक्शामा रेखाङ्कन नगर्दा रामेछापका जिल्ला स्तर देखि ग्र..
8 घन्टा पहिले
माकादुमको खत्रीगाउँमा खानेपानी पु¥याएपछि सगुन खुवाएर ख..
टीकाप्रसाद भट्ट रामेछाप। खडेरीका कारण खानेपानीकाे श्नाेतमा पानी सुकेर बर्षाै देखि खानेपानीकाे सास्ती खेप्द..
2 दिन पहिले
लुतो निको पार्न धामी झाँक्रीको ढ्याङ्ग्रो
टीकाप्रसाद भट्टमन्थली । अरु रोगको त कुरो छाडौं शरिरभरी लुतो आउदा पनि डडुवाको थामीगाउँमा रातभर ढ्याङग्रो बज्छ । &ls..
2 दिन पहिले
उत्कृष्ट शिक्षक शिक्षिका सम्मानित
रामेछाप । रामेछाप जिल्लामा रहेका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट पठनपाठन गर्दै आएको मन्थली माविले विद्यालयक..
3 दिन पहिले